Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फरेन्सिक परीक्षणबाट प्रमाणित

- shuvadmin / बिहिबार, पुष २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दाबी गर्दै आएका गोर्खा मिडियाका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ ।

कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले १५ महिनामा ८२० चेक काटेका थिए, जसमा चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीमा ‘पुलेसो कर्जा’ शीर्षकमा खोलिएको कृत्रिम खातामार्फत कर्जा निकाल्न प्रयोग गरिएको हस्ताक्षर भने पोखरा महानगर र प्रहरीले दाबी गरेजस्तै नक्कली नै रहेको प्रमाणित भएको छ ।

सहकारीको बचत अपचलन गर्न योजनाबद्ध रूपमा नक्कली विवरण भरेर कृत्रिम खाता खोलेको भन्दै महानगरको अध्ययन र प्रहरीको अनुसन्धानले लामिछानेलाई जवाफदेही बनाउन भनेका छन् ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेले काटेका ८२० चेकमध्ये सहकारीलाई भुक्तान गरेकासहित १२ वटा चेकको फरेन्सिक परीक्षण गर्न नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा पेस गरेको प्रतिवेदनअनुसार परीक्षण गरिएका सबै चेकमा लामिछानेको हस्ताक्षर पुष्टि भएको छ ।

लामिछानेले विभिन्न कागजपत्रमा आधिकारिक रूपमा गरेका २१ वटा हस्ताक्षरलाई मापदण्ड ९स्टान्डर्ड० मानेर उनले काटेका चेकको परीक्षण गरिएको थियो । हस्ताक्षरमा अक्षरको स्वरूप, आकार, धर्का, बनोट र थोप्ला समान रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘दुवै थरी हस्ताक्षरमा अक्षरको बहाव, धर्काको गुणस्तर, सीप, गति, दूरी, आकार र अनुपात आदि एकअर्कासँग मिलेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘हस्ताक्षरमा भिन्नता छैन् ।

हस्ताक्षर बिना रोकावट गरिएका छन् र तिनमा स्वाभाविक भिन्नता मात्रै छ । यी हस्ताक्षर दुई फरक व्यक्तिले गरेका होइनन् भन्नलाई उल्लेख्य र पर्याप्त आधार छन्, हस्ताक्षर कुनै संयोगले मिलेको देखिन्न ।

तसर्थ, ती सबै आधारलाई समीक्षा गर्दा यी हस्ताक्षर एकै व्यक्तिले गरेका हुन् भन्ने निष्कर्ष निस्कन्छ ।’

तर सूर्यदर्शन सहकारीको कृत्रिम खातामार्फत रकम निकाल्न प्रयोग गरिएको लामिछानेको हस्ताक्षर प्राविधिक रूपमा तुलना नै गर्न नमिल्ने प्रतिवेदनमा उल्लेख छ ।

यी दुई हस्ताक्षर फरक छन् र प्राविधिक रूपमा तुलना गर्न योग्य नै छैनन्,’ प्रतिवेदनमा भनिएको छ ।

२०७८ असार ३१ मा भरिएको कर्जासम्बन्धी आन्तरिक पत्रमा रवि लामिछानेको नाम, रकम एक करोड, ब्याज १४.७५ प्रतिशत र अवधि एक वर्ष उल्लेख छ ।

तर, अन्य विवरण अपूरा र नक्कली भएकाले ठगी गर्ने योजनाका साथ कागज खडा गरिएको प्रहरीको दाबी छ ।

‘लामिछानेको ठेगाना पोखरा–८ सिर्जनाचोक भनिएकाले हस्ताक्षर मिल्ने कुरै भएन, तर त्यसैका आधारमा पैसा निकालिएको छ,’ अनुसन्धानकर्मी प्रहरीले भने, ‘सहकारीको किस्ता भुक्तान गर्न कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले नै एक वर्षसम्म चेक काटेका छन् ।

ती चेक फरेन्सिक परीक्षणबाट नै पुष्टि भएका छन् । संगठित रूपमा योजना बनाएर किर्ते गरिएको पुष्टि गर्न यो फारम पनि फरेन्सिक परीक्षणमा पठाइएको हो ।’

लामिछानेले विभिन्न कागजपत्रमा आधिकारिक रूपमा गरेको २१ वटा हस्ताक्षरलाई विधि विज्ञान प्रयोगशालाले स्टान्डर्ड (मापदण्ड) मानी ‘एस १’ देखि ‘एस २१’ तथा प्रश्न उठेका १३ हस्ताक्षरलाई ‘क्यू १’ देखि ‘क्यू १३’ अंकित गरेर परीक्षण गरेको थियो ।

सूर्यदर्शन सहकारीबाट कर्जा निकाल्न गरिएको हस्ताक्षरलाई ‘क्यू १’ र लामिछानेले काटेका चेकको हस्ताक्षरलाई ‘क्यू २’ देखि ‘क्यू १३’ सम्म अंकित गरी परीक्षण गरिएको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको ००४०१०१००००५७७ नम्बरको खाताबाट २८ भदौ २०७७ देखि २ फागुन २०८० सम्म कुल १२ सय ३७ थान चेक काटिएका थिए ।

यी चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रुपैयाँको कारोबार गरिएको थियो ।

योमध्ये ८२० थान चेक तात्कालीन प्रबन्ध निर्देशक लामिछाने एक्लैले काटेका थिए, जसबाट ४९ करोड १८ लाख ४१ हजार २४६ रुपैयाँको कारोबार भएको थियो ।

लामिछानेले सहकारीहरूको ऋण साँवा भुक्तान गर्न चार दर्जन चेक काटेका थिए ।

कान्तिपुर दैनिकबाट

Page Views: 73
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama