Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्री कार्यालयसहित १३ जना सचिवको सरुवा, दुई जनालाई कामुको जिम्मेवारी

- shuvadmin / सोमबार, पुष २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ ।

गत शुक्रबार (२६ पुस) बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने सुमनराज अर्याललाई लगिएको छ । चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।

पर्यटन मन्त्रालयमा बिनोद सिंहलाई सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डेलाई सरुवा गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेतलाई सरुवा गरिएको छ ।

उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराईलाई सरुवा गरिएको छ । संघीय, मामिला तथा प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्तलाई सरुवा गरिएको छ ।

निर्वाचन आयोगमा भरतमणी सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, सार्वजनिक खरिद, अनुगमन कार्यालयमा मुकुन्द प्रसाद निरौला, बागमती प्रदेशमा महादेव पन्थ र कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई सरुवा गरिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा बाबुराम अधिकारी र मधेश प्रदेशमा मदन भुजेललाई कायम मुकायम तोकिएको छ ।

Page Views: 85
संबन्धित शिर्षकहरु
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
ताजा अपडेट
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama