Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राजस्वमा महानिर्देशक घिमिरेको ताण्डवले कर्मचारी त्रसित, फरक आस्थाका आधारमा कर्मचारीलाई लखेट्दै

- shuvadmin / सोमबार, पुष २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राजस्व छली गरेको आधारमा जहाँ जतिबेला पनि जुनसुकै निकायलाई नियन्त्रणमा लिएर कार्वाही गर्न सक्ने हैसियत बोकेको राजस्व अनुसन्धान बिभाग महानिर्देशक चण्डीप्रसाद घिमिरेको निजी स्वार्थले बिभागले प्रभावकारी काम गर्न सकेको छैन् ।

जतिबेला बिभागमा महानिर्देशक घिमिरे भित्रिए त्यतिबेला देखी नै राजस्व सङलनमा कमी आएको छ ।

कर्मचारीलाई समन्वय गरेर नतिजा दिन तिर लाग्नुपर्नेमा महानिर्देशक घिमिरे कमाउने अड्डामा को को लाई पठाउने र को को लाई जिम्मेवारीबाट हटाउने भन्ने अभियानमा लागेका छन् ।

आफू प्रतिकूलका कर्मचारी हटाउने र आफू अनुकुलका कर्मचारीलाई आर्थिक लाभ हुने स्थानमा राख्नका लागि महानिर्देशक घिमिरेले आफनो कोर समूहमा निर्देशक राजन बिसी ,प्रकाश पोख्रेल ,मणि पौडेललाई जिम्मेवारी दिएका छन् ।

बिगतमा पनि बिभाग अन्तर्गत रहेर विभिन्न निकायबाट करोडौं रकम ार्जन गर्न सफल कर्मचारी नै अहिले बिभागमा आवी भएका छन् ।

इमान्दार छवी बनाएका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठ सहितका कर्मचारीले भने तोकिएको कममा पनि सहज वातावरणले कार्य सम्पादन गर्न पाएका छैनन् ।

घिमिरे भन्दा अघि देखि नै बिभागमा रहेका बिसीकै योजनामा बिभागले आर्थिकोपार्जनको काम गर्दै आएको समाचार श्रोतले दावी गरेको छ ।

असार १४ सम्म सेवा अबधि भएका महानिर्देशक घिमिरे निर्देशक बिसीको छायाँमा परेका छन् ।

सरकार यतिबेला गठबन्धनका आधारमा चलेको छ। कर्मचारी सबैका हुनुपर्ने र सोही बमोजिम कार्यालयले लिएको लक्ष्य पूरा गराउन अर्जुन दृष्टि लगाउनुपर्ने मा महानिर्देशक घिमिरेले पूरा राजनीतिक रङ्ग दिएर आस्थाका आधारमा कतिपयलाई जिम्मेवार बिहीन बनाएर राखेको समाचार श्रोतले जनाएको छ।

अधिकृत दिनेश शिवाकोटीलाई त रातारात ताप्लेजुङको दुर्गम गाउँ पालिकामा सरुवा गराएर कोर समूह पछिल्ला दिनमा ब्यापारीको रकममा रमाइरहेको खबर छ।

त्यस्तै बिकास रिजाल पनि पथलैयाबाट आस्थाका आधार मै सरुवा भैसकेको छन् ।

भाटभटेनीको दुई ट्रक रक्सी रातारात छुटाइयो

आस्थाका आधारमा कर्मचारीलाई पेल्ने र ब्यापारीको रकममा खेल्ने बानी परेका महानिर्देशक घिमिरेले बिभाग अन्तर्गत रहेको पथलैया कार्यालयमा हरि शर्मालाई ल्याएर करछलिमा कार्वाही भोगेका मीनबहादुर गुरुङको वीरगंजबाट ल्याइएको दुई ट्रक रक्सी भन्सार नतिरे पनि रातारात छुटाउन आदेश दिएका थिए ।

भारतबाट आयातित रक्सीको भन्सार नभएर प्रहरीले पक्राउ गरी पथलैयामा बुझाएका थिए ।

तर, त्यो भाटभटेनी रक्सी भएकाले शनिबार बिदाको दिनमा पनि कर्मचारीलाई रातभर काममा लगाएर भोलिपल्ट बिहान बिरमिरे मै छोडिएको सन्दर्भलाई राजस्व अनुसन्धान बिभागको त्यस्ता कामले अब राजस्व कर्मचारीले असुल्ने बिभाग राखौ भन्नेको संख्या बढेको समेत बताइएको छ।

राष्ट्रियसभाका तात्कालीन अध्यक्ष गणेश तिमल्सिनाको सिफारिसमा पथलैयाको हाकिम भएका शर्मालाई निर्देशक बिसी कै इसारामा केन्द्रबाट वीरगंजका ब्यापारीले चलाउने गरेका छन् ।

समाचार श्रोतका अनुसार मणिराम पौडेल दुई दुई पटक भैरहवा को हाकिम भएर करोडौं कुम्ल्याउने कर्मचारीका रुपमा परिचित छ्न् ।

उनी कोर समूहमा रहेर पूराना तस्कर र ब्यापारीबाट नियमित रहेका छ्न्।

रसुवा भन्सारबाट पास भएको कन्टेनरमा सुटकेशको प्रज्ञापनपत्र बनाएर ब्रान्डेड जुत्ता पास गराइएको काजु काण्ड र सुनकाण्ड जस्ता काण्डै काण्डको बिल्ला भिरेका निर्देशकको कोर समूहको कब्जामा रहेकोे बिभागमा तस्करको हैकम चल्नुलाइ अहिले सामान्य रुपमा हेरिन थालिएको बताइन्छ ।
ै
दुई दुई पटक सरुवा उल्टाएर पाँच वर्षदेखि कम्प्युटर अपरेटरमा कार्यरत राम घिमिरेको चुरिफुरी पनि महानिर्देशक घिमिरे र निर्देशक विसीकै जस्तो छ ।

उनै राले महानिर्देशक घिमिरेको आदेश भन्दै निर्देशक र मातहतका कर्मचारीलाई खटनपटन गरेको दृश्य अहिले बिभागमा हेर्न लायक छ ।

सरुवा आतंक कायमै

प्राप्त जानकारी अनुसार कोर समुहको परामर्शमा अझै ५र६ जनाको लिष्ट सरुवा को लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको लागि बुझाइएको बताइएको छ ।

प्रतिकुल कर्मचारी कुन कतिबेला सरुवामा पर्ने हुन भन्ने आतंकले कर्मचारीलाई सताउने गरेको छ ।

बिभागमा उपसचिव कमल भट्टराई मार्फत सरुवाको सूची तयार हुने र त्यसै अनुसार रकमको चाजोपाजो मिलाइने गरेको श्रोतले जनाएको छ।

Page Views: 54
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama