Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रविसँग फेरि ६० लाख धरौटी माग, ‘कसुरदार होइनन् भन्न सक्ने अवस्था देखिएन’

- shuvadmin / बिहिबार, माघ ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

गत आइतबारीदेखि जारी थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सो आदेश दिएको हो। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रवि लामिछाने अहिले नै कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको र मुद्दाको कारबाहीको क्रममा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि भन्दै अदालतले हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

लामिछानेले अनुसन्धान अधिकारी र अदालत समक्षको बयानमा इन्कारी बयान गरेका थिए ।

लामिछाने बयानमा भनेका थिए – ‘आफू गोर्खा नेटवर्क मिडिया प्रालिको प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्क प्रालिबाट शेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयरबापत पाएको हुँ।

उक्त प्रालिबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई त्यत्तिकै सेयर हस्तान्तरण गरी गएको हुँ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रालिको खातामा आएका रकमका बारेमा आफूलाई केही थाहा नभएको तथा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु।’

तैपनि लामिछानेमाथि किटानी जाहेरी दरखास्त रहेको देखिएको अदालतको आदेशमा भनिएको छ ।

लामिछानेले अदालतमा आफू गोर्खा नेटवर्क मिडिया प्रालिको प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्क प्रा।लि।बाट सेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयरबापत पाएको हुँ भनेर बयान दिएका थिए ।

त्यसै गरी गोर्खा मिडियाबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई त्यतिकै शेयर हस्तान्तरण गरेर गएको लामिछानेले बयानमा भन्नुभएको थियो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रालिको खातामा आएको रकमका बारेमा आफूलाई केही थाहा नभएको र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम नलिएको भन्दै आफू निर्दोष छु भनेर उनले इन्कारी बयान दिएका थिए ।

लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको बिक्रीमा रहेको १ लाख ८० हजार थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन मागबमोजिम सो प्रालिमा बिक्रीमा रहेको सेयरमध्ये १ लाख ८० हजार सेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई सेयर खरिद गरेको देखिएको अदालतले भनेको छ ।

त्यसले गर्दा लामिछाने गोर्खा नेटवर्क मिडिया प्रालिको सेयर होल्डर एवं प्रबन्धक निर्देशकसमेत रहेको देखिएको अदालतको आदेशमा भनिएको छ ।

त्यस्तै, लामिछाने गोर्खा नेटवर्क मिडिया प्रालिमा सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी गोर्खा नेटवर्क मिडिया प्रालिको ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको पाइएको अदालतमा आदेशमा उल्लेख छ।

लामिछाने प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोर्खा नेटवर्क मिडिया प्रालिको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखिएको पनि अदालतले आदेशमा भनेको छ।

सहकारी संस्थामा ऋण भुक्तान गरेको र गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिएको अदालतको आदेशमा भनिएको छ।

लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबारमात्र छुटेका थिए ।

त्यसअघि उहाँ ८४ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए ।

Page Views: 81
संबन्धित शिर्षकहरु
मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी
कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम तिब्र
ताजा अपडेट
  • मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
  • महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी
  • कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम तिब्र
  • मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
  • ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
  • विद्युतीय कारमा आगलागी चालकको मृत्यु
  • आज कुशेऔँशी पर्व र बाबुको मुख हेर्ने दिन
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama