Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धरानका मेयर हर्क साम्पाङको रित्तो गाग्री सिंहदरवार दक्षिण गेटमै खोस्यो पुलिसले

- shuvadmin / मङ्गलबार, माघ ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ- धरानमा विद्यमान खानेपानीको समस्याप्रति ध्यानाकर्षण गराउन हर्क साम्पाङको टोलीले बोकेको रित्तो गाग्री प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान प्रहरीले रित्तो गाग्री नियन्त्रणमा लिएपछि गाग्रीबिनै मेयर हर्क साम्पाङ सिंहदरवार प्रवेश गरेका छन्।

रित्तो गाग्री बोकेर काठमाडौँ आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ उक्त गाग्री लिएरै सिंहदरबार प्रवेश गर्ने योजनामा थिए। तर प्रहरीले मेयर साम्पाङको योजना विफल पारेको हो।

मेयर साम्पाङ सिंहदवारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन्। यसअघि धरानको भानुचोकमा रित्तो गाग्री बोकेर प्रदर्शन गरेका थिए। उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

हर्क साम्पाङले खानेपानीको विषयलाई चुनावी मुद्दा बनाएका थिए। सोही मुद्दाका कारण उनले नतिजा आफ्नो पक्षमा पनि पारेका थिए। तर धरानमा खानेपानीको समस्या समाधान गर्न दिगो कार्यक्रम अघि बढेको छैन।

धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएपनि अभाव उस्तै छ।

Page Views: 69
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama