Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि पार्टीप्रति देशैभरि जनतामा लहर छाएको छ : अध्यक्ष दाहाल

- shuvadmin / मङ्गलबार, माघ ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि पार्टीप्रति देशैभरि जनतामा लहर छाएको दाबी गरेका छन् ।

उनले भने, ‘देशैभरि स्थिरता, विकास र न्याय दिने पार्टी माओवादी केन्द्र नै हो भन्ने जनतामा महसुस हुन थालेको छ। म अहिले देशको विभिन्न भागमा दौडिरहेको छु, ठूलो संख्यामा हामीसँग जोडिने लहर आउँदै गरेको महसुस गरेको छु ।

पछिल्लो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र आर्थिक संकटबाट देशलाई जे जति राम्रा काम गर्न खोजेको थिए । त्यो कुरा जनताले नजिकबाट हेरिरहेका थिए ।’

चितवनमा विभिन्न पार्टी परित्याग गरेर माओवादी रोजेकाहरुसँगको कुराकानीमा अहिले व्यक्ति मात्रै नभएर पार्टीहरू पनि माओवादीसँग एकता गर्न संवादमा रहेको बताए ।

उनले थपे, ‘हामीले जनताको पक्षमा गरेको कामले लहर नै ल्याएको छ । अहिले त नभ्याउने जस्तो पो हुँदै गयो तपाईँहरूले पनि अझै सयौँको संख्यामा प्रवेश हुँदैछ भने ।

थोरै होइन, हजारौँको संख्यामा जोडिँदैछन्, व्यक्ति होइन पार्टीहरूसँग पनि कुरा हुँदैछ । यसलाई राम्रोसँग म्यानेज गर्न सकियौँ भने आगामी चुनावमा ठूलो क्रान्ति ल्याउँछ ।’

उनले कांग्रेस र एमाले मिलेर अन्यायपूर्ण अप्राकृतिक र असंवैधानिक ढंगले आफूलाई सरकारबाट हटाउने काम भएको बताए ।

आज माओवादी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, कांग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहेका छन् ।

सोही अवसरमा भारतीय सेनाका पूर्वक्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरे। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिए ।

Page Views: 73
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama