Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नारायणघाट–बुटवल सडकको काम धमाधम, निर्माण चाँडै सक्न फिल्डमै खटियो भौतिक सचिवलगायतको टोली

- shuvadmin / शुक्रबार, माघ ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, विगत ७ वर्षदेखि निर्माण शुरू भएको नारायणघाट बुटवल सडक खण्डको काम तीव्र बनाउन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा ४ सदस्सीय सरकारको उच्चस्तरीय टोली अनुगमनका लागि फिल्डमै खटिएको छ।

२०७५ साल चैतमा शुरू गरेर झण्डै साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको उक्त परियोजना सकिने समय अनिश्चित भएसँगै भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक ई।रामहरि पोखरेल, प्रधानमन्त्री केपी ओलीका निजी सचिवालयका सहसचिव बिनोदबहादुर कुँवर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार किरण शर्मा फिल्ड अध्ययन गर्न र काम समयमा नै सक्न निर्देशन दिन तथा अनुगमन गर्न बुटबलतर्फ गएका हुन्। उनीहरूले बिहीबार सो सडक खण्डको अनुगमन गर्दै ठेकेदार कम्पनीलाई छिटोभन्दा छिटो काम सक्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीका निजी सचिव कुँवरका अनुसार अहिले सो सडक खण्डमा धमाधम काम भइरहेको छ र छिटो सक्ने गरी निर्देशन दिइएको छ ।

कुँवरले आज शुक्रवार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन पाल्पा जाने क्रममा सडकको अवस्थाको पनि अवलोकन गरिएको बताए ।

उनले दुई वर्ष काम नभए पनि अहिले बुटवल गैंडकोट खण्डमा धमाधम कालोपत्रे भएको र दाउन्ने अगाडिको सडक खण्डमा वाल लगाउने काम भइरहेको जानकारी दिए ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने ११३ किलोमिटर लामो उक्त खण्ड सडक विभागको जिम्मेवारीअन्तर्गत पर्छ ।

उक्त सडकको अधिकांश भागमा दुवैतर्फ सर्भिस लेनसमेत थपी सडक बनाउन लागिएको छ।

एसियाली मापदण्डको राजमार्ग बनाउने गरी १७ अर्ब रुपियाँको यस ठेक्कामा शुरूदेखि नै समस्या देखापरेको थियो। जसका कारण सडक सम्पन्न हुन वर्षौं समय लागेको थियो।

सरकारी अधिकारीहरू ठेकेदारले काम पाउनुअगावै सरकारले सक्नुपर्ने कतिपय कामहरू ढिलो भएको स्वीकार्छन्।

पश्चिम नेपाल र पूर्वी नेपाल जोडिने मध्यभागको बाटो एवम् राजधानी काठमाडौंसँग जोडिने एउटा प्रमुख सडक मानिसहरूको दैनिक आवतजावत र व्यावसायिक दृष्टिबाट महत्वपूर्ण मानिन्छ।

एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा बनिरहेको उक्त सडक परियोजनाअन्तर्गत सडकको चौडाइ विस्तार, नाला सुधारदेखि, सडकको अलाइनमेन्ट सुधार, कालोपत्रे सुधारलगायत काम समावेश गरिएका गरिएको थियो।

काम शुरू भएलगत्तै कोभिडको समस्याले स्वाभाविक ढिलाइ भए तापनि त्यसपछि सरकारी पक्षबाट हुनुपर्ने काम सहजै नहुँदा ढिलाइ भएको थियो।

बाटो विस्तारका लागि रूख कटान, बिजुलीको पोल र तार स्थानान्तरणको कामले गर्दा एक प्रकारको व्यवधान सिर्जना हुन गएका कारण ढिला भएको ठेकेदार पक्षको दाबी छ।

सम्झौताअनुसार २०७९ सालको साउन महिनाभित्रै काम सम्पन्न भइसक्नुपर्ने सो सडकको काम यसअघि नै थप एक वर्ष लम्ब्याउने गरी २०८२ साउनसम्मका लागि म्याद थपिएको छ।

Page Views: 22
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama