Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँच साता साइडवेज चलेको बजारमा यो साता बन्यो ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

- shuvadmin / शुक्रबार, माघ ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो ।

अघिल्लो साता २ हजार ५८८.६२ विन्दूमा बन्द भएको बजार यो साता २ हजार ६५४.३५ विन्दूमा बन्द भयो ।

यस हिसाबले यो साता ६५.७३ अंकले बजारमा बढोत्तरी आयो । अघिल्लो साता ४६.४७ अंकले बजारमा गिरावट आएको थियो ।

यो साता ५ कारोबारमा ३६ अर्ब ८ करोडबराबरको सेयर कारोबार भयो ।

अघिल्लो साता ४ दिनको कारोबारमा २२ अर्ब ४० करोडबराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता सूचक र काराबोर दुबै बढ्यो । यो साता बजार पूँजीकरण ४४ खर्ब पुग्यो ।

अघिल्लो साता बजार पूँजीकरण ४२ खर्ब ९३ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार पूँजीकरण १ खर्ब ७ अर्बले बढ्यो ।

प्राविधिक पक्षः

प्राविधिक रुपमा यो साताको बजारलाई क्याण्डल स्टिक मार्फत नियाल्दा बुलिस इन्गल्फिङ प्यार्टन बनेको छ ।

यदि अघिल्लो रातो क्याण्डलाई पछिल्लो हरियो क्याण्डलले पुरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ ।

यसबाट सम्भावित रुपमा बजारले माथिको यात्रा तय गर्न थालेको बुझिन्छ ।

पछिल्लो पटकको बजारलाई साप्ताहिक रुपमा नियाल्दा बजार लगातार पाँच सातादेखि साइड वेज चक्र अर्थात २५८० देखि २६८० विन्दूसम्म चलेको देखिन्छ ।

यसरी साइडवेज चक्रमा चलेको बजारले यो साता बुलिस इन्गल्फिङ प्याटर्न बनाएको छ । यसले सम्भावित रुपमा आगामी साताबाट बजारले बुलिस यात्रा तय गर्न सक्ने सम्भावना रहन्छ ।

मूभिङ एभरेजको आधारमा

मूभिङ एभरेजको आधारमा यो साता बजार २१ दिने मूभिङ एभरेजबाट माथि लागेको छ ।

यसले पनि सम्भावित रुपमा बजारमा साइडवेज सकिदै गरेको बुझिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि यो साता औषत भोल्युम भन्दा बढी नै भोल्युम आएको छ ।

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा डेली बेसमा बजारलाई नियाल्दा यो साताको अन्तिमा कारोबारमा अपर ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।

यदि आगामी कारोबारमा अपर ब्याण्डसँगै हिडेको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ ।

म्याक्डीमा यसअघि नै बुलिस क्रसओभर बनेको छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ५५ को तहमा पुगेको छ ।

समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।

पिभट् प्वइन्टः

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।

बढेमा प्रतिरोध

प्रतिरोध ३ – २७३७

प्रतिरोध २ – २७०९

प्रतिरोध १– २६८२

पिभट् प्वइन्टः २६०७

घटेमा सपोर्ट

सपोर्ट १– २५६१

सपोर्ट २– २५३३

सपोर्ट ३ –२४८६

निष्कर्षः अघिल्लो साता ४६ अंकले घटेको बजारमा यो साता करिब ६६ अंकको बढोत्तरी आयो । बजार बढ्दा यो साता कारोबार र भोल्युम पनि बढ्यो ।

लामो समय साइडवेज चलेको बजारमा यो साता अघिल्लो साताहरुको त्ुलनामा ठूलो र बुलिस क्याण्डल बन्यो ।

यसले सम्भावित रुपमा बजार आगामी साताबाट गति लिन सक्ने बुझिन्छ । इन्डिकेटरहरुबाट नियाल्दा पनि बजारले म्याक्डीमा बुलिस क्रसओभर बनेको छ ।

यस हिसाबले यो साता २ हजार ६५४ विन्दूमा बन्द भएको बजार यदि आगामी साता २ हजार ६८० विन्दूभन्दा माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्नेछ ।

क्षेत्रगत रुपमा बजारलाई हेर्दा यो साता वित्त समूह र सामूहिक लगानी कोषमा रातो पोतियो भने अन्य समूहमा हरियाली छायो ।

यो साता जीवन बीमा र अन्य समूहमा भने फराकिलो अंकले सूधार आयो ।

Page Views: 57
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama