काठमाण्डू, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ ।
सिंहरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बोलाइएको बैठकमा भोलि (शुक्रबार) देखि सुरु हुने संसद् अधिवेशनबारे छलफल हुनेछ ।
यस्तै, सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयकलगायत विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे पनि आजको संसदीय दल बैठकमा छलफल हुने माओवादीले जनाएको छ ।
सरकारले संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदाररूपमा कुरा राख्ने माओवादीको तयारी छ ।