Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फलामे डन्डी र सिमेन्टमा चरम ठगी, सरकार मूकदर्शक, उपभोक्ता मारमा

- shuvadmin / शुक्रबार, माघ १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, फलामे डन्डी र सिमेन्टमा उद्योगीले तौल, बनावट र लागत बढेको बाहानामा मूल्य बढाउँदै उपभोक्तालाई ठग्ने गरेको पाइएको छ।

उद्योगीले डन्डीको बन्डलमा उपभोक्तालाई प्रयोगमा नआउने एस आकारको डन्डी समावेश गर्ने, उद्योगीले कम तौलको डन्डी पसलमा पठाउने, हार्डवेयर पसलले डन्डी जोख्ने काँटा छैन भन्ने भनी डन्डीमै लेखिएको तौलअनुसार बेच्ने, कम गुणस्तरका डन्डी बच्ने र सिमेन्टको लागत बढेको भनी महँगो मूल्य तोक्दा उपभोक्ता ठगिने क्रम बढेको हो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गुणस्तरका विषयमा डन्डीमा समस्या आइरहेको बताए ।

उनले राज्यका निकायले प्रभावकारी काम नगर्ने र समस्या आई उजुरी पर्दामात्र राज्यले छानबिन गर्दा समस्या आइरहेको बताए ।

रड बाँध्न प्रयोग गरिने डन्डी प्रयोग नहुने हुँदा कम लागत लाग्ने गरी रड बाँध्ने व्यवस्था गर्न सकिने विकल्प हुँदासमेत उद्योगले नाफाका लागी भन्दै रड बाध्न मोटो डन्डीकै प्रयोग गर्ने गरेका छन्।

यस्तै, सतर्कता केन्द्रका अनुसन्धान अधिकृतहरूले समेत अहिले बजारमा जाने केही डन्डी भाँच्दा प्याट्ट भाँचिने गरेको बताएका छन्।

नेपाल गुणस्तर तथा नापतौल विभागले डन्डीलगायत वस्तु उत्पादन गर्नेलाई गुणस्तर रहेको प्रमाण चिह्न दिएपनि प्रभावकारी अनुगमन गर्न नसक्दा समस्या आएको हो ।

व्यापारी र कार्यालयका कर्मचारीको मिलेमतो हुँदा समस्या हुने गरेको छ।

महासंघका अध्यक्ष सिंहका अनुसार उपभोक्तावादी र प्रतिपक्ष पार्टीले खेल्नुपर्ने भूमिका नखेलेको हुँदा व्यापारीले मनलाग्दी गरेको हुन्।

उनले लागत कम गराउने बाहानामा केमीकलको मात्र कम गर्दा समस्या गुणस्तर खस्किने गरेको छ।

त्यसैगरी उपभोक्तावादी माधव तिमल्सिनाले आम उपभोक्ताहरू तौल र गुणस्तरमा ठगिरहेको बताए ।

Page Views: 53
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama