Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाथीभरामा केबलकार निर्माण तत्काल स्थगन

- shuvadmin / बुधबार, माघ २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमतिसँगै पाथीभरा केबलकार निर्माण तत्कालका लागि स्थगित हुने भएको छ ।

मंगलबार सरकार र आन्दोलनरत पक्षबीच पाथीभरा केबलकारको स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो ।

आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच सोमबार र मंगलबार वार्ता भएको थियो । स्टेसनमाथिको निर्माणका सन्दर्भममा माघ २७ को बैठकमा विस्तृत छलफल हुने ६ बुँदे सहमतिको पहिलो बुँदामा उल्लेख छ ।

सहमति अनुसार केबलकार निर्माण रोक्ने आन्दोलनमा घाइते भएकाहरूको निस्शुल्क र प्रभावकारी स्वास्थ्य उपचारको जिम्मा सरकारले लिएको छ ।

घटनामा संलग्नहरूमाथि कारबाहीका लागि पनि सरकारले सहमति जनाएको छ । सहमतिअनुसार आन्दोलनका क्रममा प्रहरी हिरासतमा रहेकाहरूलाई प्रशासनले तत्काल छोड्नेछ ।

यस्तै आन्दोलनरत पक्ष पनि अनिश्चितकालीन यातायात बन्द फिर्ता गर्न सहमत भएका छन् ।

ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनीले बनाउन लागेको केबलकारको मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विरोध गर्दै आएका छन् ।

यस्तो छ ६ बुँदे सहमति

पाथीभरा केबलकारको स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने

सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निस्शुल्क र प्रभावकारी रुपमा स्वास्थ्योपचार गर्ने

२०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने

आन्दोलनका क्रममा थुनामा रहेका थुनुवाहरुको बिनासर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने
मुक्कुम्लुङसंरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने

मुक्कुम्लुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायत विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने

Page Views: 50
संबन्धित शिर्षकहरु
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
प्रतिनिधिसभाको बैठक बस्दै
ताजा अपडेट
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
  • बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • विद्यालयलाई पानी ट्यांकी र मोटर सहयाेग
  • बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दे
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama