Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रणय दिवसमा पाँच करोडको गुलाब चाहिने, पचहत्तर प्रतिशत आयात भारतबाट

- shuvadmin / आइतबार, माघ २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे) का लागि पाँच करोड रुपियाँ बराबरको गुलाब खपत हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रणय दिवसमा पाँच करोड १० लाख रुपियाँ बराबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने भएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले स्थानीय उत्पादनले माग धान्न नसक्दा प्रणय दिवसलक्षित छिमेकी मुलुक भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको जानकारी दिए ।

बजारमा प्रतिस्टिम गुलाबको मूल्य न्यूनतम ९० रुपियाँदेखि एक सय रुपियाँसम्म रहेको उनको भनाइ छ ।

मुलुकमा माग अनुसार उत्पादन नहुँदा बर्सेनि प्रणय दिवसमा ठुलो परिणाममा गुलाब आयात हुने गर्छ ।

हरेक वर्ष गुलाबको माग १५ देखि २० प्रतिशत बढ्दै गए पनि मुलुकमा पर्याप्त उत्पादन नहुँदा बर्सेनि आयात गर्नु गरेको श्रेष्ठले जानकारी दिए ।

एसोसिएसनका अनुसार प्रणय दिवसमा काठमाडौँ उपत्यकामा दुई लाख ५५ हजार स्टिम र एक लाख ७० हजार स्टिम गुलाब उपत्यकाबाहिर खपत हुने गर्छ ।

गत वर्षको प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाबको फूल खपत भएको समेत एसोसिएसनले जनाएको छ ।

प्रणय दिवसबाहेक सामान्य दिनमा प्रतिदिन आठदेखि १० हजार स्टिम गुलाब फूलको माग हुने गरेको छ ।

नेपालमा मौसम अनुकूल मात्रै उत्पादन हुने र जाडो मौसमका कारण स्थानीय उत्पादन कम हुने हुँदा आयातमा भर पर्नु परेको व्यवसायीको भनाइ छ ।

नेपालमा गुलाब फूलको व्यावसायिक खेती चितवन, काभ्रेपलाञ्चोक र रुपन्देही जिल्लामा हुने गरेको छ ।

फेब्रुअरी महिनामा नेपालमा जाडो सिजन नै रहने भएकाले गुलाब फूलको उत्पादन कम हुने हुँदा आन्तरिक माग पूरा गर्न व्यवसायीले भारतबाट आयात गर्ने गरेका छन् ।

व्यवसायीका अनुसार प्रणय दिवस आउन एक साता बाँकी रहँदा बजारमा गुलाबको फूलको कारोबार बढ्दै गएको छ ।

शङ्खमुलका व्यापारी सन्दीप थापाले अन्य समयमा फाट्टफुट्ट मात्र बिक्री हुने गरेकामा प्रणय दिवसमा गुलाबको व्यापार दोब्बर तेब्बरले वृद्धि हुने गर्छ ।

विवाह, व्रतबन्धलगायतका पार्टीमा सजाउनका लागि समेत गुलाबको प्रयोग हुने गरेको उनको भनाइ छ ।

प्रणय दिवसमा आफ्ना प्रेमीप्रेमिकालाई गुलाब दिने चलन बढ्दै गएकाले पनि यसको व्यापार बढी हुने उनको भनाइ छ ।

Page Views: 48
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama