काठमाण्डू, संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बोलाइएको संसद् बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, अर्थमन्त्री पौडेलले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको कार्यसूचीमा पनि अध्यादेश निर्णयार्थ पेस गरिने बुँदा राखिएको छैन ।
प्रतिनिधिसभामा कांग्रेस र एमालेसँग मात्रै आरामदायी बहुमत भएपनि राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्न सरकारलाई जसपाको पनि समर्थन आवश्यक पर्छ ।
अध्यादेशबारे जनता समाजवादी पार्टी नेपालले निर्णय नगरेकाले आजको बैठकका लागि तय भएको कार्यसूचीमा पनि अध्यादेशलाई कार्यसूचीमा नराखिएको हो ।