काठमाण्डू, भूमिसम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन नगर्ने भएको छ ।
आज सिंहदरबारमा बसेको उक्त पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नभएको निष्कर्ष निकाल्दा बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालले जनाएको छ ।
जसपा नेपाल विपक्षमा उभिएपछि सरकारले ल्याएको भूमि अध्यादेश पारित नहुने भएको छ ।