Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेशहरू पेस गर्ने कार्यसूची

- shuvadmin / बिहिबार, फागुन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संघीय संसद् अन्तर्गत बिहीबार राष्ट्रियसभाको बैठक बस्दैछ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यी अध्यादेश बुधबार प्रतिनिधिसभाबाट पारित भइसकेको छ । सरकारले गत पुस २७ गते यी अध्यादेश जारी गरेको भएपनि संसद्मा निर्णयार्थ प्रस्तुत गर्न सकेको थिएन ।

प्रतिनिधिसभामा सत्तापक्षसँग बहुमत भएपनि राष्ट्रिय सभामा जनता समाजवादी पार्टी नेपालको पनि साथ लिनुपर्थ्यो ।

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेकाले सरकार अरू अध्यादेश पनि अगाडि बढाउन सकेको थिएन् ।

जसपा नेपालले बुधबार नै भूमिबाहेक पाँच अध्यादेशमा समर्थन गर्ने निर्णय गरेको छ । भूमिसम्बन्धी अध्यादेश बारे अझै सहमति जुट्न सकेको छैन् ।

राष्ट्रियसभामा आज प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तरको कार्यसूची पनि छ ।

Page Views: 68
संबन्धित शिर्षकहरु
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama