Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बार निर्वाचनमा सत्तापक्ष र विपक्षी गठबन्धन प्रतिस्पर्धामा

- shuvadmin / शुक्रबार, फागुन २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber


काठमाण्डू, नेपाल बार एसोसियसनको निर्वाचनका लागि अध्यक्षमा पाँच जनाको उम्मदवारी परेको छ।

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशिष पौडेलको उम्मेदवारी दर्ता भएको हो।

महासचिवमा यज्ञमणि न्यौपाने, केदारप्रसाद कोइराला र हरिशरण कार्कीको उम्मेदवारी परेको छ।

सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानून व्यवसायीका संगठन क्रमशः डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र प्रगतिशील पेसागत कानून व्यवसायी संगठन (पीपीएलए) ले संयुक्त प्यानल बनाएका छन्।

यस गठबन्धनबाट अध्यक्षमा डीएलएका विजयप्रसाद मिश्र अध्यक्ष र महासचिवमा पीपीएलएका केदारप्रसाद कोइराला छन्।

सत्ता गठबन्धनलाई टक्कर दिन विपक्षी दलहरू माओवादी, रास्वपालगायत पार्टीनिकट संगठनले अर्को प्यानल बनाएका छन्।

यस प्यानलमा अध्यक्षमा माओवादीनिकट क्रान्तिकारी कानून व्यवसायी मञ्च (आरपीएलए) का रमनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।

महासचिवमा उम्मेदवारी दिएका यज्ञमणि न्यौपाने रास्वपानिकट हुन्।

निर्वाचन समितिले आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको थियो।

समितिले दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशित गरेको छ।

आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ।

Page Views: 58
संबन्धित शिर्षकहरु
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama