Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रिङ्कु सदा मृत्यु प्रकरणका पक्राउ परेका सार्वजनिक, ४ जना अझै फरार

- shuvadmin / शुक्रबार, फागुन २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, सिरहाकी रिङ्कुकुमारी सदा मृत्यु प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदा प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार, अहिलेसम्म यो घटनामा जम्मा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साह सहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास रहेका छन् ।

उनीहरुमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्य जाहेरीमा नाम नभए पनि पञ्चायती गराउनमा संलग्न व्यक्तिहरु हुन् ।

चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो । यसैगरी, बलात्कारका मुख्य आरोपी रुपेश गत २१ गते पक्राउ परेका थिए ।

अन्य चार जनालाई भने शुक्रबार बिहान लुकिछिपी बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।

उनीहरूमाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न अन्यको खोजीकार्यमा प्रहरीको छुट्टाछुट्टै टोली खटिएको प्रहरीले जनाएको छ ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् ।

तर, वडा सदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

तर, पञ्चायती नमिल्दा र पीडक पक्षको धम्कीले गर्दा पीडित युवती ३० गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सो घटनाका विषयमा विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशित भएपछि प्रहरीले बलात्कारमा संलग्न तीनजना र पञ्चायती गर्ने ५ गरी ८ जनाविरुद्ध जाहेरी लिएर अनुसन्धान गरिरहेको छ ।

Page Views: 64
संबन्धित शिर्षकहरु
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama