Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसले सुरु गर्‍यो ‘मिसन रोजगारी’

- shuvadmin / सोमबार, फागुन २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्थानीय तहदेखि सङ्घसम्म रोजगारी सिर्जनाका माध्यम खोज्ने उद्देश्यसहित नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गरेको छ ।

देशव्यापी रूपमा एक वर्षसम्म सञ्चालन गरिने यस अभियानको आइतबार कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा औपचारिक घोषणा गरिएको छ ।

यस अभियानले क्षेत्रगत रूपमा आवश्यक जनशक्तिको आधिकारिक तथ्य आउने कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताए ।

अभियानका क्रममा रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थाका विषयमा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवालासँग छलफल हुने उनले जानकारी दिए ।

रोजगारी हरेक व्यक्तिको गाँस, बास र कपाससँग जोडिएकाले यस्तो अभियान सबै राजनीतिक दलको प्रमुख एजेन्डा बन्नुपर्ने महामन्त्री थापाको धारणा छ ।

“नेपाली कांग्रेस सबैभन्दा जेठो र ठुलो दल भएकाले रोजगारीको एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर अभियान चलाउन सुरु गरेका छौँ” उनले भने “अन्य दलहरूले पनि यस्ता अभियान सञ्चालन गर्नु राम्रो हुन्छ ।”

अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा रोजगारी सिर्जनामा ठुलो योगदान दिने निजी क्षेत्रका लागि आवश्यक जनशक्ति उपलब्ध गराउने र त्यसमार्फत नेपालको उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने अभियानको मुख्य उद्देश्य रहेको जानकारी दिए ।

तत्काल रोजगारी दिनेभन्दा दीर्घकालसम्म नेपालमा आवश्यक पर्ने दक्ष जनशक्तिबारे सङ्घीय, प्रदेश र स्थानीय तहसम्म नीतिगत रूपमै मार्गनिर्देशन गर्न सहयोग पुर्‍याउनु पनि अभियानको उद्देश्य रहेको उनले बताए ।

अर्थविद् डा. विश्व पौडेलले नेपालमा रोजगारीको विषयमा क्षेत्रगत रूपमा आवश्यक जनशक्तिको गहिरो अध्ययन नभएको बताए ।

नेपालमा रोजगारीका बढी सम्भावना भएका क्षेत्र कृषि, उत्पादन, निर्माण, पर्यटन, वैदेशिक रोजगारी नै रहेकाले यी क्षेत्रमा आवश्यक जनशक्तिको विषयमा तल्लो तहबाट अध्ययन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

पूर्वश्रम सचिव केवलप्रसाद भण्डारीले विगतमा मन्त्रालयले छुट्टाछुट्टै सिप सञ्चालनका कार्यक्रम सञ्चालन गरेकोमा अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत व्यवसायी सिप तालिम प्रतिष्ठान गठन गरेर काम गर्न थालेको जानकारी दिए ।

सरकारको तालिम एकातिर र निजी क्षेत्रको माग अर्को हुँदा तालिम लिएका युवाले प्रमाणपत्र भएर पनि रोजगारी नपाउने र रोजगारदाताले आवश्यकता अनुसारको जनशक्ति नपाउने समस्या समाधान गर्न सहयोग पुग्ने गरी अभियान सञ्चालन हुनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा लक्ष्मी ग्रुपका प्रमुख नीरञ्जन श्रेष्ठले नेपालको रोजगारीमा ठुलो योगदान रहेको निजी क्षेत्रले बेरोजगार युवा थुप्रै भएपनि आवश्यकता अनुसारको जनशक्ति प्राप्त गर्न नसकेको बताए ।

सरकारले सञ्चालन गर्ने सीप तथा तालिमका कार्यक्रम सञ्चालन गर्दा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेमा निजी क्षेत्रको आवश्यकता अनुसारको जनशक्ति प्राप्त हुने उनको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव महेश भट्टराईले पछिल्लो समयमा छोटो अवधि वा लामो अवधिका व्यावसायिक तालिम सञ्चालन गर्दा निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गरी पाठ्यक्रम तयार गरिएको जानकारी दिए ।

Page Views: 52
संबन्धित शिर्षकहरु
९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
ताजा अपडेट
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने
  • मनसुनी प्रणाली पूर्वबाट मध्य भागमा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama