Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्ववियु निर्वाचन : ५१ मा मनोनयन, ११ मा अनिश्चित

- shuvadmin / बुधबार, फागुन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, देशभरका ११ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । हिजो मनोनयन दर्ता हुने अन्तिम समय दिउँसो ५ बजेसम्म मनोनयन भएन ।

त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाका ५ र उपत्यका बाहिरका ६ गरी ११ वटामा मनोनयन हुन सकेन ।

तीन ठूला विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच सहमति हुन नसक्दा ११ वटा क्याम्पसमा मनोनयन दर्ता नभई निर्वाचन प्रक्रिया भाँडिएको छ ।

मनोनयन हुन नसकेका ११ क्याम्पसमध्ये काठमाडौंको सरस्वती, नेपाल ल र विश्वभाषा, आयुर्वेद र पब्लिक युथ क्याम्पस धोबीचौर छन् ।

उपत्यकाबाहिर मधेस प्रदेशका ३, लुम्बिनीका २ र गण्डकी प्रदेशको १ रहेको छ ।

मधेस प्रदेशका सबैभन्दा धेरै विद्यार्थी भएको जनकपुरको रामस्वरूप रामसागर (रारा) बहुमुखी, महेन्द्र विन्देश्वरी र सूर्यनारायण सत्यनारायण वरवैत्ता बहुमुखी क्याम्पस छन् ।

लुम्बिनी प्रदेशका बुटवल बहुमुखी र भैरहवा बहुमुखी क्याम्पस भैरहवा छन् । यी दुई क्याम्पसमा लुम्बिनी प्रदेशका सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् ।

त्यस्तै, गण्डकी प्रदेशको वाग्लुङको धौलागिरि बहुमुखी क्याम्पसमा पनि प्रक्रिया भाँडिएको छ ।

उपत्यकाको शंकरदेव क्याम्पसमा हिजो दिउँसो ४ बजेबाट मात्र अनलाइनबाट प्रक्रिया शुरू भएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा.डा.पशुपति अधिकारीले मनोनयन प्रक्रिया स्थगित भएका क्याम्पसमा क्याम्पस निर्वाचन समितिले निर्वाचनको मिति तय गरी निर्वाचन गर्ने अधिकार दिएको छ ।

दुई वर्षअघि २०७९ सालको निर्वाचनमा उपत्यकाका ४ र बाहिरका ८ गरी १२ आंगिक क्याम्पसमा निर्वाचन भएको थिएन ।

निर्वाचनको मिति नजिकिँदै जाँदा उपत्यकालगायत देशैभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गतिविधि बढेसँगै केही क्याम्पसमा सामान्य झडपको स्थिति भएको थियो ।

निर्वाचन निर्देशिकाअनुसार निर्वाचन हुन नसकेका क्याम्पसले आपसी सहमति गरी १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

मनोनय दर्ता भएका क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता गर्न नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) ले केन्द्रीय नेता खटाएको थियो ।

उपत्यका र बाहिरका क्याम्पसका निर्वाचन समितिले पटकपटक म्याद थपेर मनोनयन गर्दा गरेका थिए ।

मनोनयन गर्ने क्रममा केही क्याम्पसमा असन्तुष्ट समूहले विरोध गरेका थिए । मनोनयन दर्ता गर्ने क्रममा सबै क्याम्पसमा कडा सुरक्षा व्यवस्था थियो ।

प्रहरीको टोली क्याम्पसभित्रै प्रवेश गरेर सुरक्षा दिएको थियो । कडा सुरक्षा व्यवस्थाका कारण अप्रिय घटना नभएको निर्वाचन समितिले जनाएको छ ।

सदस्य सचिव अधिकारीले एकाधबाहेक शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको जानकारी दिनुभयो ।

मनोनयन दर्ताका क्रममा विभिन्न अवाञ्छित गतिविधि हुने सम्भावना भएपछि उपत्यकासहित सबै आंगिक र निर्वाचन हुने सम्बन्धन प्राप्त क्याम्पसभित्र सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मनोनयन दर्तापछि भोलि २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

२९ गते दिनको १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।

त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि शुरू हुनेछ ।

मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ ।

एता, त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघसँग प्रतिस्पर्धा गर्न ७ संगठनको तालमेल गरी संयुक्त प्यानल बनाएका छन् ।

त्रिचन्द्रमा नेविसंघको तर्फबाट गोविन्द कोइरालालाई अध्यक्षको उम्मेदवार बनाइएको छ ।

सात संगठनको तर्फबाट अनेरास्ववियुका प्रमित विष्टलाई अध्यक्षको उम्मेदवार खडा गरिएको छ ।

अनेरास्ववियुलाई २, अनेरास्ववियु (क्रान्तिकारी) लाई ३, अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियु समाजवादी, अनेरास्ववियु छैटौं र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघलाई १–१ सिट भागबण्डा गरिएको छ ।

त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव प्राडा पशुपति अधिकारीले दिएको जानकारीअनुसार हालसम्म बाजुरा, मुस्ताङलगायत देशभरका करिब १५ वटा क्याम्पसमा स्ववियुका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।

मनोनयन दर्ता हुन नसकेका क्याम्पस
उपत्यकाभित्र
१.सरस्वती बहुमुखी क्याम्पस, ठमेल
२. नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग
३.विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग
४.आयुर्वेद क्याम्पस, कीर्तिपुर
५.पब्लिकयुथ क्याम्पस, धोबीचौर
उपत्यकाबाहिर
१. रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर
२ महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराज
३.सूर्यनारयण सत्यनारायण बहुमुखी क्याम्पस, सिरहा
४.बुटवल बहुमुखी क्याम्पस, बुटबल
५.भैरहवा बहुमुखी क्याम्पस, भैरहवा
६.धौलागिरि बहुमुखी क्याम्पस, वाग्लुङ

मनोनय दर्ता भएका क्याम्पस
उपत्यकाभित्र
१. विश्वविद्यालय क्याम्पस, कीर्तिपुर
२.रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, प्रदर्शनीमार्ग
३. अमृत साइन्स क्याम्पस (अस्कल), ठमेल
४. शंकरदेव क्याम्पस, पुतलीसडक
५. त्रिचन्द्र क्याम्पस, घण्टाघर
६. पुल्चोक इन्जिनियरिङ क्याम्पस, पुल्चोक
७. पाटन संयुक्त क्याम्पस, पाटनढोका
८. महाराजगञ्ज नर्सिङ क्याम्पस, महाराजगञ्ज
९. पद्मकन्या बहुमुखी क्याम्पस, वागबजार
१०.ललितकला क्याम्पस, कीर्तिपुर
११ जनप्रशासन क्याम्पस बल्खु
१२.महेन्द्ररत्न क्याम्पस, ताहाचल
१३ थापाथली इन्जिनियरिङ क्याम्पस, थापाथली
१४.नेपाल कमर्स (मीनभवन) क्याम्पस, मीनभवन
१५.महाराजगञ्ज चिकित्सा क्याम्पस, महाराजगञ्ज
१६.सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर
१७.भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर
उपत्यकाबाहिर
१. ठाकुराम बहुमुखी क्याम्पस, वीरगञ्ज
२. महेन्द्र बहुमुखी क्याम्पस, दाङ
३. पूर्वाञ्चल क्याम्पस, धरान
४. त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा
५.वीरगञ्ज नर्सिङ क्याम्पस, वीरगञ्ज
६ हेटौंडा क्याम्पस (वन), हेटौंडा
७.कृषि क्याम्पस, खैरहनी रामपुर
८.चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर चितवन
९.वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर
१०.महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
११ .गौरादह कृषि क्याम्पस, झापा
१२.मेची बहुमुखी क्याम्पस, चन्द्रगढी झापा
१३.महेन्द्र मोरङ क्याम्पस, विराटनगर
१४.नर्सिङ क्याम्पस, विराटनगर
१५.महेन्द्र बहुमुखी क्याम्पस, धरान
१६. केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार धरान
१७. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा
१८ तेह्रथुम बहुमुखी क्याम्पस, आठराई
१९.भोजपुर क्याम्पस, भोजपुर
२०.स्नातकोत्तर क्याम्पस, विराटनगर
२१.नर्सिङ क्याम्पस, नेपालगञ्ज
२२.महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज
२३.सुर्खेत क्याम्पस, सुर्खेत
२४.जुम्ला बहुमुखी क्याम्पस, जुम्ला
२५.गोरखा क्याम्पस, गोरखा
२६.लमजुङ कृषि क्याम्पस, लमजुङ
२७.पोखरा क्याम्पस (वन), पोखरा
२८.पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखरा
२९.पश्चिमाञ्चल क्याम्पस, पोखरा
३०.पक्लिहवा क्याम्पस, पक्लिहवा
३१.डोटी क्याम्पस, डोटी
३२.सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर
३३.डडेल्धुरा क्याम्पस, डडेल्धुरा
३४.नर्सिङ क्याम्पस, पोखरा

Page Views: 53
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama