काठमाण्डू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठक सकिएको छ ।
आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा भएको थियो ।
आगामी आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा आज छलफल हुन नपाएकोले ५ गते बैठक बसेर टुङ्गो लगाउने सहमति भएको सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।