Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ग्वार्कोमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्ममा गम्भीर प्राविधिक त्रुटि

- shuvadmin / बिहिबार, चैत ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ललितपुर, चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाएको हो ।

विशेष गरी विकसित सहरहरूमा दीर्घकालीन प्रभाव पार्ने संरचना निर्माण गर्दा सहरको सौन्दर्यीकरणलाई कायम राखेर बहुउपयोगी बनाइन्छ ।

तर, ग्वार्कोमा ओभरपास निर्माण गर्दा बहुउपयोगिता र जमिनमा खाली ठाउँ राख्न सकिने विषयलाई ध्यानै दिइएन ।

इन्जिनियरहरूका अनुसार ग्वार्कोमा निर्माणाधीन ओभरपास पुलको आकारमा निर्माण गर्नुपर्ने थियो ।

तर, निर्माणको ठेक्का पाएको कम्पनी एमरएस आशिष समानान्तर जेबीले दुईतर्फ पर्खाल बनाएर त्यसमा माटो भरेर संरचना निर्माण गरिरहेको छ ।

२०७८ साउन १८ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गरेको निर्माणपूर्वको प्रस्तावमा फ्लाइओभर बनाउने निर्णय गरेको छ ।

केन्द्रका तात्कालीन निर्देशक विजय जैसीका अनुसार फ्लाइओभर भनिए पनि ओभरपास बनाउने निर्णय भएको थियो ।

उहाँले भन्नुभयो, “फ्लाइओभर ब्रिज बनाउन महँगो पर्ने भएकाले इपीसी पर्खाल बनाएर बालकुमारीबाट सातदोबाटो जोड्ने गरी ओभरपास बनाउने निर्णय भएको हो । यसमा धेरै अध्ययन भएको छ । यो राम्रै हुन्छ ।”

नयाँ कम्पनीलाई ठेक्का दिँदा त्रुटि

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भनाइलाई पुष्टि गर्ने गरी ओभरपास निर्माण गर्दा प्राविधिक त्रुटि भएको छ ।

केन्द्रका इन्जिनियर विक्रम पौडेलले सहरी क्षेत्रमा फ्लाइओभर ब्रिज ९पुल० नै निर्माण गर्न उपयुक्त हुने भए पनि पहिल्यै ठेक्का लागेकाले अब केही गर्न नसकिने बताए ।

उनले भने , “सहरी क्षेत्रमा फ्लाइओभर निर्माण गर्दा राम्रो हुन्छ । पुलमुनिको खाली ठाउँलाई काममा लगाउन सकिन्छ तर केन्द्रमा म आएको धेरै भएको छैन् । निर्णय पहिल्यै भएकाले केही भन्ने अवस्था छैन ।”

केन्द्रका पूर्वनिर्देशक जैसीले पनि ओभरपासको माटो झिकेर फेरि भर्ने काम लापरबाहीको परिणाम भएको स्वीकार गरे ।

उनले भने , “नयाँ कम्पनीलाई ठेक्का दिएकाले यस्तो समस्या भएको हो । ओभरपास पनि राम्रैसँग बन्न सक्छ ।

नेपालमै पनि अरू केही स्थानमा यस्तो संरचना बनाइएको छ । यहाँ गल्ती भएकै हो ।”

‘ओभरपास बनाउनै मिल्दैन’

विज्ञहरूले सहरी क्षेत्रको सौन्दर्यलाई दृष्टिगत गरी ओभरपासभन्दा फ्लाइओभर ब्रिज बनाउन सुझाव दिएका छन् ।

सडक सुरक्षाविज्ञ एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारी र यातायातविज्ञ आशिष गजुरेलले ग्वार्कोमा निर्माणाधीन ओभरपास तत्काल रोकेर फ्लाइओभर पुल नै निर्माण गर्न सरकारलाई आग्रह गरे ।

सडक सुरक्षाविज्ञ अधिकारीले भन्नुभयो, “समथर जमिनमा यत्रो भारी संरचना निर्माण गर्नु आफैँमा गलत छ ।

छरितो संरचना निर्माण गरेर सडक र सहरलाई पनि सुन्दर बनाउनु पर्छ । ग्वार्कोको ओभरपास निर्माणमा सरकारले हस्तक्षेप गर्नै पर्छ । नभए पछि पछुताउनुपर्ने अवस्था बन्छ ।”

यातायातविज्ञ गजुरेलले परियोजनामा फ्लाइओभर लेखेर माटोले पुरेर ओभरपास निर्माण कार्य गम्भीर त्रुटिपूर्ण भएको बताए ।

उनले राज्यको १७ करोड रुपियाँ खर्चेर बन्ने संरचनामा बजेटको दुरुपयोग मात्रै भइरहेको बताए ।

उनले भने , “सहरमा जमिनको सानो हिस्सालाई पनि बहुउपयोगी अवधारणाले सदुपयोग गर्नु पर्छ ।

तर, ग्वार्को ओभरपासको काम जसरी अघि बढाइएको छ, यसले सही परिणाम दिँदैन् । सरकारले तत्कालै निर्णय लिनु पर्छ ।”

केन्द्रले ४५५ मिटर र पाँच दशमलव पाँच मिटर उचाइ हुने गरी निर्माणको ठेक्का दिइएको छ ।

सम्झौतामा २०८० फागुन ११ गतेभित्र ओभरपास निर्माण सम्पन्न गर्ने भनिए पनि २०८१ पुस ८ गतेसम्मलाई म्याद थपिएको थियो ।

तर, ओभरपास निर्माणमा त्रुटि भेटिएको बताउँदै निर्माण कम्पनीले माटो भरेको ठाउँबाट माटो निकालेर फेरि पुर्ने काम गरिरहेको छ ।

Page Views: 65
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama