Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भटमास र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढ्यो, आठ महिनासम्म व्यापार घाटा पौने १० खर्ब

- shuvadmin / बिहिबार, चैत ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चालू आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने निर्यात व्यापारमा उल्लेखनीय सुधार देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार निर्यात ५७ दशमलव २० प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा नेपालको वैदेशिक व्यापारमा सुधार देखिए पनि व्यापार घाटा अझै चुनौतीपूर्ण रहेको छ । भटमास र सूर्यमुखी तेलको निर्यातले समग्र निर्यात वृद्धि गरेको छ ।

फागुन मसान्तसम्म भटमास र सूर्यमुखी तेलको निर्यातमा भारी वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार यस अवधिमा ५५ अर्ब ९२ करोड ९४ लाख रुपियाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ ।

गत वर्ष सोही अवधिमा ९० करोड २८ लाख रुपियाँको मात्रै निर्यात भएको थियो ।

भारतले अन्य मुलुकबाट भित्रिने तेलमा भन्सार दर २७ प्रतिशत पु¥याएपछि नेपालबाट प्रशोधित तेल निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको हो ।

नेपालले तेस्रो मुलुकबाट अर्धप्रशोधित भटमास र सूर्यमुखी तेलको तेल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएको छ ।

साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपियाँ बराबरको वस्तु निर्यात भएको छ ।

गत वर्षको सोही अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपियाँ बराबरको मात्रै निर्यात भएको थियो।

विभागका अनुसार यस अवधिमा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपियाँ बराबरको वस्तु आयात गरेको छ ।

गत आवको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपियाँ बराबरको वस्तु आयात भएको थियो ।

जसअनुसार कुल आयात ११ दशमलव २० प्रतिशतले वृद्धि भएको छ। निर्यातसँगै आयात पनि वृद्धि हुँदा नेपालको व्यापार घाटा पनि बढ्दै गएको छ ।

चालू आवको आठ महिनासम्म कुल व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपियाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ६ दशमलव २२ प्रतिशतले बढी हो ।

भन्सार विभागका अनुसार भटमासको तेल, पोलिस्टर यार्न, चिया, अलैंची र पार्टिकल बोर्ड जस्ता वस्तुको निर्यात वृद्धि भएको छ ।

पाम तेल, जिंक सिट, अदुवा, जडिबुटी र तयारी पोशाकको निर्यात घटेको छ । त्यस्तै आयाततर्फ भटमासको कच्चा तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल र स्पन्ज आइरनको आयात बढेको छ ।

तर, पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाई जहाजको पार्टपुर्जा, केराउ तथा कागजको आयात घटेको छ ।

नेपालले सबैभन्दा बढी आयात गर्ने वस्तुमा डिजेल रहेको छ । आठ महिनामा ७८ अर्ब ८६ करोड रूपियाँ बराबरको डिजेल आयात भएको छ ।

मूल्यको हिसाबले गत वर्षको तुलनामा ११ प्रतिशतले कम भएपनि परिमाण भने बढेको छ । त्यस्तै ५१ अर्ब ३५ करोड बराबरको अर्धप्रशोधित भटमासको तेलको आयात भएको छ ।

सोही अवधिमा पेट्रोल ४२ अर्ब ८० करोड रूपैयाँ बराबरको र खाना पकाउने ग्यास ४१ अर्ब रूपियाँ बराबरको आयात भएको छ ।

यसैगरी चालू आवको आठ महिनामा नेपालमा १७ अर्ब ३९ करोड २१ लाख ५८ हजार रुपियाँ बराबरका १४ हजार ३०७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् ।

गत वर्ष सोही अवधिमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपियाँ बराबरका १३ हजार ७ थान आयात भएका थिए।

नेपालले सबैभन्दा धेरै विद्युतीय सवारीसाधन चीनबाट आयात गरेको छ।

चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपियाँ बराबरका ११ हजार ५५० थान सवारीसाधन आयात भएका छन् ।

त्यस्तै भारतबाट ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको सवारीसाधन आयात भएको छ।

Page Views: 63
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama