Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दक्षिण एसियाकै किसान बिचौलियाको चङ्गुलमा

- shuvadmin / शुक्रबार, चैत ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, किसानले उत्पादनको राम्रो मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्ने समस्या नेपालको मात्रै होइन् ।

बिहीबारदेखि यहाँ सुरु भएको दक्षिण एसियाली किसान सम्मेलनमा सहभागी किसान अगुवाले किसानले आफ्नो उत्पादनको मूल्य आफैँ निर्धारण गर्न नसकेको उल्लेख गरेका छन् ।

नेपालमा मात्रै होइन, श्रीलङ्कामा पनि कृषि उपजमा बिचौलियाकै दबदबा छ ।

त्यहाँका किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउन सकेका छैनन् । सरकारले बिचौलियाको अन्त्यका लागि ठोस कदम चाल्न नसकेको किसान अगुवाको ठहर छ ।

किसान अगुवा सुभासिनी दिपाले श्रीलङ्काका किसानले पनि आफ्नो उत्पादनको उचित मूल्य नपाउने गरेको बताए ।

“उपभोक्तासम्म पुग्दा कृषि उपज धेरै महँगो भइसकेको हुन्छ तर किसानले आफ्नो सामानको न्यूनतम मूल्य मात्रै पाउँछन्,” उनले उल्लेख गरे ।

लामो समयको अस्थिर राजनीतिपछि स्थायी सरकार बन्ने चरणमा रहेको बङ्गलादेशमा अब किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने आशा बढाएको सैफुल हकले उल्लेख गरे ।

बङ्गलादेश कृषि मजदुर युनियनका अध्यक्षसमेत रहनुभएको उहाँले बिचौलियाको चङ्गुलमा दक्षिण एसियाका किसान परेको दाबी गरे ।

कुनै पनि देशमा किसानले सोचेको र भनेको जस्तो मूल्य पाउन सकेका छैनन् ।

दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका किसानले भोगेको उत्पादनमा बिचौलियाको मुद्दासँगै साना, भूमिहीन र कृषि मजदुरको बाहुल्य रहेको यस क्षेत्रका किसानले सिँचाइको अभाव, उत्पादित वस्तुमा बिचौलियाको हाबी भएको उल्लेख गरेका छन् ।

अखिल नेपाल किसान महासङ्घका विदेश विभाग प्रमुख पुरुषोत्तम न्यौपानेले दक्षिण एसियाका किसानले भोगेका समस्याको समाधानको विकल्प सहकारी हुनेबारेमा छलफल भएको बताए ।

सहकारीले बचत तथा ऋण मात्रै गरेर नपुग्ने र उत्पादन र उत्पादकसम्म पुगेर समस्या समाधान गराउन आवश्यक रहेका बारेमा चर्चा भएको उनले जानकारी दिए ।

सहकारीले बुझाइमा परिर्वतन गर्न सके सहकारीले किसानका समस्या समाधान गराउने उनले बताए ।

खेती र किसानमा भएको कर्पोरेट वातावरणको अन्त्य भएपछि मात्रै दक्षिण एसियाका किसानले बिचौलियाको चङ्गुलबाट मुक्ति पाउँछन् ।

सहकारीले उत्पादन, बिउ, बिजन र रासायनिक मलसम्म पँहुच राख्नु आवश्यक रहेको उल्लेख गर्दै खेती र किसानमा भएको कर्पोरेट वातावरणको अन्त्य भएपछि मात्रै दक्षिण एसियाका किसानले बिचौलियाको चङ्गुलबाट मुक्ति पाउने भारतका कृष्णप्रसाद पुरुषोत्तम शर्माले उल्लेख गरे ।

साना किसानले सहजै आफ्नो उत्पादन आफूले थाहा पाएर बेच्न सके भने त्यसले उनीहरूमा हौसला बढाउने र आम्दानी बढाउन भूमिका खेल्ने भएकाले सहकारी मोडल सबैभन्दा राम्रो हुने सहभागीले सुझाव दिएका छन् ।

अहिले बिउ, मल खरिददेखि नै कर्पोरेट कल्चरको विकास भएको छ ।

त्यसका कारणले साना र मध्यम खालका किसान सबैभन्दा पीडित भएकाले व्यक्ति र कुनै कम्पनीबाट हुने कारोबारले खाद्य सम्प्रभुतालाई नै कमजोर बनाएको सहभागीले उल्लेख गरेको न्यौपानेले जानकारी दिए ।

दक्षिण एसियामा ७० प्रतिशत कृषि उत्पादन साना किसानले गर्ने गरेकामा कर्पोरेटले उत्पादन थालेपछि सो कुरा मासिने उनले बताए ।

जलवायु परिवर्तनले सबैभन्दा बढी असर कृषिमा पार्ने भएकाले किसान सबैभन्दा पीडित बनिरहेका छन् ।

Page Views: 21
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama