Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

२५ करोडको मालिक खोज्ने कार्य सकसपूर्ण बन्दै, सुन तस्करीका विभिन्न तहमा रहेकाहरूको खोजी

- shuvadmin / सोमबार, चैत १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संघीय राजधानी काठमाडौंमा नै सुन तस्करीका लागि लगिँदै गरेको २५ करोडभन्दा बढी रकम बरामद भएको विषयमा राजस्व अनुसन्धान विभागले विस्तृत अनुसन्धान थालेको छ ।

२५ करोड नगदसँगै पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामासँग विभागका अधिकारीहरूले धमाधम बयान लिन थालेका छन् ।

बयानका क्रममा केही नयाँ क्लु फेला पर्न सक्ने अनुमान विभागका अधिकारीहरूले गरेका छन् ।

प्रहरीले चैत्र ४ गते राती विशेष सूचनाका आधारमा काठमाडौंको उत्तर भेगमा पर्ने टोखा नगरपालिका–२ झोरमा २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपियाँ बराबरको डलर र युरो बरामद गरेको थियो ।

प्रहरीका अनुसार सो रकम काठमाडौंको टोखाबाट त्रिशूली हुँदै चीनको केरुङतर्फ लैजाने तयारी गरिएको थियो ।

प्रहरीले सो रकम सुन खरिद गर्नकै लागि लैजान लागिएको दाबी गर्दै आइरहेको छ ।

प्रहरीले थप अनुसन्धान गर्न लामा र बरामद भएको पैसा राजस्व अनुसन्धान विभागलाई हस्तान्तरण गरेको थियो ।

विभागका अधिकारीहरूले यस प्रकरणलाई विभिन्न कोणबाट अनुसन्धान जारी राखेका छन् ।

पक्राउ परेका ट्रक चालक लामाले चिनियाँ व्यक्तिले आफूलाई केही सामान दिएको तर त्यो सामानमा त्यति धेरै पैसा छ भन्ने विषय थाहा नभएको प्रहरीसमक्ष बताएका थिए ।

हाल राजस्व अनुसन्धान विभागका नियन्त्रणमा रहेका लामाले विभागका अधिकारीहरूसँग पनि त्यस्तै प्रकृतिको बयान दिइरहेका छन् ।

उनले धेरै कुरा थाहा नभएको बताएर विभागका अनुसन्धान अधिकृतहरूलाई सकस पारिरहेको बताइएको छ ।

लामा आफैं पनि व्यावसायिक सुन तस्कर भएकाले धेरै कुरा गोप्य राखेको देखिन्छ, खासै बोल्न चाहिरहेका छैनन्, त्यसैले वास्तविकता पत्ता लगाउन हामीलाई पनि निकै सकस भइरहेको छ’ –विभागका एक अनुसन्धान अधिकृतले भने ।

विभागले निज लामाले प्रयोग गर्दै आइरहेको दुईवटा मोबाइलमार्फत मोबाइलमा भएका कुराकानीका आधारमा तस्करीको जालो पत्ता लगाउने प्रयास थालेको छ ।

त्यसका लागि विभागले लामाका दुईवटै मोबाइलहरू फरेन्सिक ल्याबमा पठाएको जनाएको छ ।

विभागले २५ करोडसँगै पक्राउ परेका लामामार्फत यस तस्करी प्रकरणका मुख्य योजनाकार पत्ता लगाउने गरी अनुसन्धानलाई गम्भीर रूपमा अघि बढाएको छ ।

विभिन्न तथ्यहरूको संकलन गर्ने क्रममा यो प्रकरणमा राजनीतिक दलका केही नेताहरूको समेत संलग्न रहेको आशंका विभागका अधिकारीहरूको छ ।

यस घटनापछि लामो समयदेखि केरुङ नाका हुँदै करोडौं रुपियाँको सुन तस्करी हुँदै आइरहेको अनुमान विभागका अधिकारीको छ ।

सो नाकाबाट यसअघि ठूलो परिमाणमा सुन तस्करी भएको हुन सक्ने विभागका एक अधिकारीले बताए ।

त्यसैले यसमा धेरै पक्षहरूको संलग्नता रहेको हुन सक्ने देखिएको छ । २५ करोड सुन तस्करीकै लागि प्रयोग भएको र यसका विभिन्न तहहरू रहेको प्रारम्भिक अनुसन्धानले देखाएको विभागका एक अधिकारीले बताए ।

जसअनुसार राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्नमध्येको एक तहमा रहेका लामामार्फत तस्करीको अन्य तह र मुख्य योजनाकारको खोजतलास थालेको हो ।

लामा यसअघि ७ किलो सुनसहित १३ पुस २०७३ मा कलंकीबाट पक्राउ परेर केही वर्षपछि छुटेका थिए । लामाले छुटेर पनि फेरि त्यतिखेरदेखि नै सुन तस्करीको धन्दा थालेको पाइएको छ ।

चालक लामाले बयानमा क्रममा चीनको नाकासम्म उक्त ट्रक पु¥याउने र त्यहाँबाट भिसा प्राप्त व्यक्तिले ट्रक चीन पु¥याउने गरेको बताएका छन् ।

उनको यो बयानले यस तस्करीमा चीन, नेपाल र भारतका व्यक्तिहरूको भूमिका रहेको हुन सक्ने देखिएको छ ।

Page Views: 53
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama