Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सडकमा गणतन्त्र भर्सेस राजतन्त्र, सम्भावित मुठभेड रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन

- shuvadmin / शुक्रबार, चैत १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, देशमा आज (शुक्रबार) गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ ।

गणतन्त्र र राजतन्त्र पक्षधर दुवैले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् ।

भृकुटीमण्डपमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजसंस्था पक्षधरले प्रदर्शन गर्दैछन् ।

समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् ।

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेका हुन् ।

बिहीबार मात्रै समितिका संयोजक सुवेदीले प्रसाईंलाई आन्दोलनको कमान्डर तथा स्वागत नेपाललाई प्रवक्ता तोकेका थिए । दुवै पक्षले आज सडकमा विशाल जनसागर उतार्ने दाबी गरिरहेका छन् ।

समितिका संयोजक सुवेदी बिहीबार राजसंस्था पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले निर्णायक आन्दोलन थालिएको बताएका थिए ।

आफ्ना माग पूरा नभए अझ कडा आन्दोलन गर्ने उनको चेतावनी थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लगायत राजसंस्था पक्षधर समूह पनि गत फागुन २५ गतेदेखि आन्दोलनरत थिए । अहिले भने आन्दोलनको कमान्ड दुर्गा प्रसाईंमा गएको छ ।

यसैगरी समाजवादी मोर्चाले पनि आज भृकुटीमण्डपमा गणतन्त्र बनाउन हुने प्रदर्शनमा हजारौंको सङ्ख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ ।

यसलाई माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएलले पनि सघाउने जनाएको छ ।

यसैबीच समाजवादी मोर्चाले तय गरेको प्रदर्शनको जारी माध्यमिक शिक्षा परीक्षा ९एसईई० लाई मध्यनजर गर्दै समय हेरफेर गरिएको छ ।

कार्यक्रम व्यवस्थापन सचिवालय सूचना जारी गर्दै यस्तो जनाएको हो ।

एसईई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालले मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य लक्ष्मण केसीले जानकारी दिए ।

यसर्थ सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा तीन हजार ५०० प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।

काठमाडौं परिसरमै कमान्ड सेन्टर बनाएर प्रहरी खटाइने व्यवस्था मिलाइएको छ । कमान्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसमेत उपस्थित हुनेछन् ।

सुरक्षाकर्मीले पूर्वराजाका समर्थकलाई रिङरोडमै जुलुस रोक्ने रणनीति लिएको छ । समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ ‘डाइभर्ट’ गरिने प्रहरीको भनाइ छ ।

सुरक्षा कमान्डर अधिकारीले शान्ति सुरक्षामा प्रहरी नचुक्ने बताएका छन् । “सकभर मुठभेड हुन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन,” एसएसपी अधिकारीले भने ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिपुरेश्वरबाट प्रदर्शनीमार्ग पुग्नेछन् ।

सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।

Page Views: 48
संबन्धित शिर्षकहरु
आज सातै प्रदेशमा पानी पर्ने
जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama