Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली जनता र राजनीतिक दललाई कमजोर ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न माओवादी अध्यक्षको पूर्वराजालाई आग्रह

- shuvadmin / शुक्रबार, चैत १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिंदै नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका हुन् ।

विगतमा उनले धेरै गल्ती गरे,’ अध्यक्ष दाहालले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’

समाजवादी मोर्चाले आज भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले काठमाडौँको तिनकुनेमा आज राजावादीहरुले घरहरु जलाएर आतंक सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए।

राजावादी मण्डलेहरुको असली रुप नेपाली जनताले आज काठमाडौँको तिनकुनेमा देखेको बताएका छन्।

उनले ज्ञानेन्द्रले आफूले गरेको गल्तीको परिणाम अहिले भोगिरहेका भन्दै उनलाई अर्को गल्ती गनर्न चेताबनीसमेत दिए। ‘ज्ञानेन्द्रले प्रतिगमनतिर जाने अर्को गल्ती गरे झन् ठूलो मूल्य चुकाउने छन्,’ अध्यक्ष दाहालले भने।

दाहालले राजावादीहरु कुकुरको पुच्छरजस्तो भएका भन्दै व्यंग्य गरे। ‘राजावादीको आजको तीनकुनेको सभा मण्डले अराजकताको पराकाष्ठका रुपमा परिणत भएको छ,’ दाहालले भने, ‘त्यहाँ प्रहरीमाथि आक्रमण गरिएको छ।

घरहरुमा आगो लगाइएको छ। उनीहरु दुईचार जना मान्छे मारेर आतंक सिर्जना गर्ने प्रयास गर्दैछन्। तर, सफल हुँदैनन्।’

उनले राजावादी मण्डलेहरुलाई जनताले राम्ररी देखि भोगिसकेको बताए।

Page Views: 64
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama