Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्वराजाको सुरक्षा टोली परिर्वतन, संख्या पनि घटाइयो

- shuvadmin / आइतबार, चैत १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या पनि घटाएको छ।

शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा टोली परिवर्तन गरिएको हो।

त्यहाँ खटिएको २६ जनाको टोलीलाई फिर्ता बोलाएर १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

ज्ञानेन्द्र निवासमा डीएसपी जगदीश हमालको कमान्डमा २६ जनाको टोली खटिएको थियो।

उक्त टोलीलाई फिर्ता बोलाएर ९ नं बाहिनी बलम्बूमा कार्यरत डीएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली खटाइएको हो।

भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना पाउने भएपनि सरकारले यसअघि २६ जना खटाउँदै आएको थियो।

शुक्रबारको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकाल्दै सरकारले उनलाई दिएको सुविधामा पुनर्विचार गर्ने क्रममा सुरक्षाकर्मीको टोली परिवर्तन र संख्या घटाउने निर्णय लिएको हो।

Page Views: 78
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama