Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शाहवंशीय राजाहरू संवैधानिक दायरामा बस्न सक्दैनन् : महामन्त्री शर्मा

- shuvadmin / सोमबार, चैत १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शाहवंशीय राजाहरूमा संवैधानिक राजा भएर बस्न सक्ने गुण नभएको बताएका छन् ।

प्रतिनिधिसभामा सोमबार बोल्दै उनले अब लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताए । सांसद शर्माले राजतन्त्रको बेला स्थिर सरकार थियो भन्ने दाबी पनि सत्य नभएको बताए ।

‘पञ्चायकालको ३० वर्षमा १६ वटा सरकार बने । तत्कालीन राजा ज्ञानेन्द्रले पनि आफूले नेतृत्व दिँदा चारवटा सरकार बनाए ।

यसर्थ राप्रपाका साथीहरूले गर्ने राजतन्त्रमा स्थिरता थियो भन्ने दाबी गलत छ,’ उनले भने, ‘एक थान राजा ल्याउँदैमा स्थिरता प्राप्त हुँदैन् ।

पाँच वर्ष स्थिर सरकार चलाउन आवश्वयक संविधान संशोधन गर्ने हो ।’साथै शर्माले राजा ल्याउँदैमा सुशासन नहुने पनि बताए ।

राजा आउँदैमा सुशासन हुँदैन । इतिहासको एक कालखण्ड किताबमा नवराज सुवेदी आफैँले लेख्नुभएको छ ।

ओमेगा घडीमा ज्ञानेन्द्रले ५० प्रतिशत शेयर माग्नाले स्विट्जरल्यान्डको घडी कम्पनी फर्कियो,’ उनले थपे ।

राजतन्त्र हटेपछि नेपाल विकासको बाटोमा अघि बढेको उनले दाबी गरे । ‘अहिले ९४ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको छ ।

राजाको पालामा ३६ प्रतिशतको घरमा मात्र बिजुली पुगेको थियो,’ उनले भने । महामन्त्री शर्माले गणतन्त्र आएपछि प्रतिव्यक्ति आयदेखि हरेक कुरामा प्रगति भएको बताए ।

Page Views: 50
संबन्धित शिर्षकहरु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama