Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौती : राष्ट्रपति पौडेल

- shuvadmin / बुधबार, चैत १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको बताए ।

प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको भन्दै रोडियो नेपालको साढे सात दशक लामो प्रशारण यात्राले फड्को मारी विभिन्न जातजाती र भाषाभाषीको आवाज बन्न सकेको बताए ।

मुलुकमा लोकतन्त्रको स्थापनापछि सञ्चारमाध्यमको विकासले गति लिएको भन्दै राष्ट्रपति पौडेलले प्रभावकारी सञ्चालनका लागि चुनौती थपिएको बताए ।

राष्ट्रपति पौडेलले सार्वजनिक प्रशारणको मर्म, भावना र उद्देश्यअनुरूप यसले आगामी दिनमा प्रभावकारी रूपले काम गर्नुपर्ने चुनौती तपाईंहरू सामु भएको जिकिर गरे ।

स्वतन्त्र स्वायत्त संस्थाको रूपमा सार्वजनिक प्रशारण माध्यमको विकास भएको हो । त्यसैले लोतान्त्रिक मूल्य मान्यता, स्वतन्न्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरूप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक प्रसारण सेवका सम्बन्धमा विश्वले स्वीकारेको आधारभूत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु, राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले थपे, म र मेरो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता हो । समाचार र कयौँ शिक्षा, जनचेतना, मनोरञ्जनात्मक लगायतका कार्यक्रम हाम्रा श्रुतिमा मिठो सम्झना बनेर झङ्क्रित हुन्छन् ।

लोकतन्त्तको स्थापनासँगै मुलुकमा आमसञ्चारको विकास र विस्तारले गति लिएको विधितै छ ।

संविधानले व्यवस्था गरेको नागरिकको हक प्रत्याभुत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र समाचार संप्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको बताए ।

प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणमा अनेक माध्यम भित्रिएको छ । यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको छ ।

यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण संप्रेषणबाट जनतालाई भ्रमित हुने खतराबाट जोगाउनु जिम्मेबार सञ्चारमाध्यमको दायित्व रहेको समेत राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेल सञ्चारमाध्यमको महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताए ।

नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

Page Views: 87
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama