Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राजावादीले क्षतिविक्षत बनाइदिए तिनकुनेको रोयल ब्याङ्केट

- shuvadmin / बिहिबार, चैत २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राजावादी प्रदर्शनकारीहरुको ढुंगामूडा प्रहार तथा सुरक्षाकर्मीसँगको दोहोरो झडपका कारण तीनकुनेस्थित रोयल ब्याङ्केट क्षतविक्षत भएको छ ।

शुक्रबार राजावादीहरुले काठमाण्डौको तीनकुनेमा प्रदर्शनको कार्यक्रम राखेका थिए ।

प्रदर्शन सुरु नहुँदै प्रहरीले तोकेको निषेधित क्षेत्र, बानेश्वरतर्फ भीड अगाडि बढ्न खोजेपछि झडप भएको थियो ।

सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेका थिए ।

प्रहरीले समेत दर्जनौ सेल टियर ग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो ।

दिनभरजसो नै तनावपूर्ण बनेको तीनकुने क्षेत्रमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली पनि चलाउनु परेको थियो ।

गोली लागेर केही प्रदर्शनकारी घाइते भएको दाबी गरिएको छ ।

सो क्रममा प्रदर्शनकारीहरु उग्र बनेर तीनकुने क्षेत्रका व्यक्तिका निजी घर, व्यवसायिक भवन तथा होटल र रेष्टुराहरुमा समेत जथाभावी तोडफोड गरेको थियो ।

यही क्रममा प्रदर्शनकारीहरुले रोयल ब्याङ्केटमा पनि तोडफोड गरेका हुन् । तोडफोडबाट सो ब्याङ्केटको अगाडिपट्टिको रेष्टुरेन्ट क्षतविक्षत भएको छ ।

कर्मचारीहरुको भागभाग भएको छ भने भित्र रहेका कफी मेसिन, फ्रीज, टेबल कुर्सीहरुमा समेत क्षति पुगेको छ ।

घटनापछि हाम्रा संवाददाता त्यहाँ पुग्दा रोयल ब्याङ्केटको दृश्य कुनै संग्रामस्थलको जस्तो देखिन्थ्यो ।

सोही ब्याङ्केटछेउकै निजी घरमा समेत प्रदर्शनको क्रममा आगलागी भएको थियो । अन्य छेउछाउका घरहरुको सिसा समेत प्रदर्शनकारी फुटाइदिएका थिए ।

उनीहरुले सोही लाइनमा रहेको अन्नपूर्णपोष्टको कार्यालयमा समेत तोडफोड गरी आगजनीको प्रयास गरेका थिए ।

Page Views: 98
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama