Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमाले साँसद भट्टचन सञ्चालक रहेको प्रभु समूहको सहकारीबाट ४ हजार सहकारीको ६ अर्ब हरायो

- shuvadmin / बिहिबार, चैत २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रभु म्यानेजमेन्ट कम्पनीले करिब चार हजार सहकारीको धरौटी रकम र रेमिट्यान्स भुक्तानी बापतको ६ अर्ब रकम भुक्तानी नगरेको पाइएको छ ।

रेमिट्यान्स सेवा पनि बन्द गर्ने र रकम पनि भुक्तानी नगरेपछि सहकारी संस्थाहरु रकम भुक्तानीका लागि आग्रह गर्दै विभिन्न निकाय धाउन थालेका छन् ।

प्रभु समूहका संस्थापक अध्यक्ष एवम् एमाले सांसदसमेत रहेका देवीप्रकाश भट्टचनले रेमिट्यान्स भुक्तानी बापतको रकम र धरौटी रकम दुरुपयोग गरेको आरोप छ ।

प्रभु म्यानेजमेन्ट कम्पनी मार्फत करिब ४ हजार बचत तथा ऋण सहकारी संस्थाको रेमिट्यान्स भुक्तानी र धरौटी रकम समेत अपचलन गरेको पाइएको हो ।

प्रभु म्यानेजम्यान्ट कम्पनी प्रभु मनी ट्रान्सफर कम्पनीको सुपर एजेण्ट हो । प्रभु म्यानेजमेन्टले मुलुकभरका तीन हजार भन्दा बढी सहकारीलाई सब एजेण्ट बनाएको छ ।

सब एजेण्ट बनाए बापत कम्पनीले प्रति सहकारी एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म धरौटी लिएको पाइएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकानरी दिएका छन् ।
्
कम्पनीले सहकारीहरुले सेवाग्राहीलाई भुक्तानी गरेको रेमिट्यान्स रकम फरफारक पनि गरेको छैन् ।

भुक्तानी नपाएका सहकारीहरुले संघ, नेपाल राष्ट्र बैंक, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय, केन्द्रिय अनुसन्धान व्यूरोमा समेत उजुरी दिएका छन् ।

कम्पनीले मुलुकभरका ७ हजार सहकारीलाई सब एजेण्ट बनाएको छ । कम्पनीले २०८१ जेठ सम्ममा चार हजार ५६९ सहकारीबाट धरौटी रकम जम्मा गरेको छ ।

जसमध्ये तीन हजार भन्दा बढी सहकारीले ९७ करोड ३७ लाख रुपैयाँ रकम फिर्ता पाएका छैनन् ।

प्रभु म्यानेजमेन्टबाट सहकारीहरुको अर्बो रकम ठगेपछि प्रभु समूहका भट्टचन कम्पनीबाट बाहिरिएका छन् ।

भट्टचनले आफनो नामको शेयर पहिलो चरणमा आफनो भतिज मिजाज भट्टचनलाई हस्तान्तरण गरेर आफू कम्पनीबाट बाहिरिए ।

२०७४ जेठ ११ मा भतिजको नामबाट पनि शेयर आफनै छोरी शिक्षा भट्टचन र आफना विश्वासपात्र धुब्रचन्द्र धितालको नाममा सारे ।

२०७७ सालमा फेरी कम्पनीकै कर्मचारीको नाममा शेयर हस्तान्तरण गरी उनी कानूनी रुपमा कम्पनीबाट सहजै बाहिरिए ।

प्रभु म्यानेजमेन्टबाट बाहिरिएपछि अहिले उनीहरुले प्रभु पेमेन्ट नामक अर्को कम्पनी खोलेका छन् ।

एउटै खालको उद्धेश्य राखेर नयाँ कम्पनी खोलिएको छ । कम्पनीमा मिजाज भट्टचन, दुर्गादत्त जोशी र धुव्रचन्द्र धितालको लगानी रहेको छ ।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष समेत रहेकी कुसुम लामाले भट्टचन र प्रभु मनि ट्रान्सफरले सहकारीको अपचलन गरेको भन्दै भट्टचनको विरुद्धमा नेपाल राष्ट्र बैंक र काठमाडौ महानगरीय प्रहरीमा पनि उजुरी दिएकी छिन् ।

तर, राजनीतिक शक्तिको आडमा उनलाई कुनै पनि कारवाही नभएको उनले दाबी गरेकी छिन् ।

प्रभु समूहका संस्थापक अध्यक्ष एवम् एमाले सांसद भट्टचनले भने कुसुम लामाले झुठो आरोप लगाएको बताएका छन् ।

आफुले २०७१ मा नै प्रभु म्यानेजमेन्ट छोडी सकेकोले कम्पनीको दायित्वमा आफनो कुनै हात नभएको उनको भनाई छ । ‘

प्रभु म्यानेजमेन्टले धरौटी र रेमिट्यान्स भुक्तानी भएको रकम राफसाफ नगरेपछि सहकारी संस्थाहरु अहिले सरकार गुहार्न थालेका छन् ।

विभिन्न निकायमा उजुरी दिन थालेका छन् । तर, नियमनकारी निकायहरु भने आफनो जिम्मेवारी नभएको भन्दै टकटकिएका छन् ।

Page Views: 66
संबन्धित शिर्षकहरु
नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
ताजा अपडेट
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama