काठमाण्डू, साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ३.३५ अंक बढेर २७०३.३९ विन्दूमा पुगेको छ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंक बढेको छ।
आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज भने ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।