Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, मङि्सर ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बागलुङको चैत्राष्टमी मेलामा आकर्षणको केन्द्र बने स्थानीय उत्पादन

- shuvadmin / शनिबार, चैत २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बागलुङ, आधुनिक मुद्राको प्रचलन अघिनै यहाँ वस्तुहरूको विनिमय हुन्थ्यो ।

वर्षभरी घरायसी प्रयोजनका लागि आवश्यक सामग्रीको जोहो गर्न बागलुङ र आसपासका नागरिकको भरोसा आफ्नै घरमा उत्पादन भएका वस्तुमा नै थियो ।

आफ्नो घरमा उपभोग गरेर बचेको वस्तु मेलामा पुर्‍याउने र अरु कसैले उत्पादन गरेको वस्तुको उपभोग गर्नेगरी घर ल्याउने चाँजोपाँजो चैत्राष्टमी मेलाले जुराउँथ्यो ।

चैतेदसैँ मेला धार्मिक दृष्टिकोणले जति महत्त्वपूर्ण छ त्यति नै महत्त्वपूर्ण वस्तु विनिमय गर्ने थलोको रूपमा छ ।

मेलामा परम्परागत रूपमा घरेलु सीपबाट उत्पादित वस्तुहरूको बिक्री वितरण हुने गर्छ ।

निगालोको चोयाबाट बन्ने डोको, डाली, नाङ्लो, सोली थुन्से, मान्द्रो, दारका ठेका, भान्सादेखि कृषि क्षेत्रमा प्रयोग हुने औजारहरू र मनोरञ्जनका साधनहरू डम्फु मादलको व्यापार हुने गर्छ ।

बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघाजस्ता गाउँबाट किसानले वर्षभरी निर्माण गरेका काठ, बाँस र निगालोका सामग्री मेलामा ल्याउने गर्छन् । अमलाचौरका चुँदाराले बनाएका काठका ठेकी पनि मेलाको आर्कषण छन् ।

मेलामा ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका काठ, बाँस र बेतबाट बनाएका सामग्रीको बिक्री गर्ने चलन छ ।

ठेका, डाला र नाङ्ला किन्न पाइने भएकाले गाउँ गाउँबाट सयौं मेला भर्न आउने गर्छन् ।

मेला सुरु हुनु साताअघि नै कालिका मन्दिर परिसरमा ग्रामीण क्षेत्रबाट साना व्यवसायी आइसकेका छन् ।

चैत्र शुक्ल प्रतिपदादेखि नै मन्दिरमा चहलपहल सुरु भएपनि बुधबारदेखि भने विशेष मेलाकै आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

देशभरबाट मेला अवलोकन तथा कालिकाको पूजाका लागि भक्तजन आउने भएकाले मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ ।

चैतेदसैंको प्रतिपदादेखि रामनवमीसम्म पाँच लाख भक्तजन तथा आन्तरिक पर्यटक आउने गुठीको आँकलन छ ।

चैतेदसैंको अवसर पारेर गाउँगाउँ र विभिन्न जिल्लाबाट कालिका मन्दिरको दर्शन र मेला भर्न आउनेहरूको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको समेत व्यवस्था गरेको छ ।

घरेलु उत्पादनका सामाग्रीहरू मेलामा रुचाउन छोडेको उनको भनाइ छ ।

वर्षभरी उत्पादन गरेको निगालोको चोयाँको डाली, नाङ्ला र डालो चैतेदशै, रिडि र शान्तिपुरको मेलामा व्यापार गर्दै आएपछि सोचेजस्तो नाफा कमाउन नसकेको दिक्दारी व्यक्त गर्दै भने, ‘‘अब चोयाको उत्पादनबाट जीवन धान्न सकिन्न ।’’

आयातित र आधुनिक सामाग्रीमा उपभोक्ताको आर्कषण बढ्दा ठेकाको व्यापारै हुन छाडेको बलेवा अमलाचौरका व्यवसायी प्रेम चुदारा बताउँछन् ।

‘‘चलिआएको परम्परा धान्न मात्रै ठेका लिएर मेलामा आएको हुँ,’’ चुदाराले भने ।

घरेलु हात हतियार, खुकुरी, बाउसो, हँसियाका साथै स्थानीय मास्टहरूले तयार गरेका इष्टकोट र दौरासुरवाल मेला देखिनै छाडेको स्थानीय समाजसेवी दुर्गाबहादुर आचार्य बताउँछन् ।

बढ्दो आधुनिकताले नेपाली समाजलाई छपक्क छोप्दा मेलापर्वको मौलिकता लोप हुँदै जान थालेको प्रति आचार्यले दुखेसो पोखे ।

Page Views: 136
संबन्धित शिर्षकहरु
सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
ताजा अपडेट
  • सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
  • स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama