Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा

- shuvadmin / आइतबार, चैत २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चैते दसैँको दिन शनिबार सेतो मच्छिन्द्रनाथको जात्रा शुरु भएको छ ।

अपराह्न ४: ०० बजेबाट मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइए पश्चात सो जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।

शनिबार नै तीनधारा पाठशालाबाट रत्नपार्क हुँदै असन चोकसम्म रथायात्रा गरिएको हो ।

रथयात्राको दोस्रो दिन भने असनबाट बालकुमारी इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार परिसरसम्म पुर्‍याइन्छ भने रथयात्राको तेस्रो दिन हनुमानढोका, मरु, चिकंमुगल जैसीदेवल हुँदै लगन पुर्‍याए पछि रथायात्रा सम्पन्न हुनेछ ।

लगनमा रहेको आमा रुख परिक्रमापछि भने रथबाट आर्यालोकितेश्वरको मूर्तिलाई निकाली खटमा राखी लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल ल्याइ पुन मन्दिरमा प्रतिस्थापन गरिन्छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा शुरु हुन्छ ।

राजा शिवसिंह मल्लले ने.स. ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलिआएको छ ।

blog
Page Views: 64
संबन्धित शिर्षकहरु
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
लागुऔषधसहित पाँच महिला पक्राउ
ताजा अपडेट
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक
  • पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
  • छोराको हत्याको खबरले आमा पनि वितिन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama