Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बर्दियाको गुलरिया हजुरआमाले चितुवाको मुखबाट थुतेर बचाइन नातिको ज्यान

- shuvadmin / आइतबार, चैत २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बबई, बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन गइन ।

खेतमै काम गरिरहँदा गोवरीका लागि खाना लिएर दिउँसो १ बजे उहाँका सात वर्षका नाति सिर्जन चौधरी आफ्नो साथी अर्पण थारूसँग खेततर्फ हिँडे ।

केराबारीमा लगाइएको मासमा पानी सिँचाइ गर्दै गरेकी आफ्नी हजुरआमाभन्दा करिब ३० मिटर जतिको दूरीमा रसीको खटिया (चारपाई) राखिएको थियो ।

खटियामा सिर्जन खेलिरहँदा हजुरआमा सिँचाइकै काममा व्यस्त थिइन ।

यत्तिकैमा सिर्जन चिच्याएको आवाज गोवरीले सुनिन । बुदी’ (हजुरआमा) भनेर चिच्याएका सिर्जनको चित्कार अरू बेलाको भन्दा फरक थियो ।

त्यत्तिकैमा ३० मिटर पर मात्र रहेकी हजुरआमा नाति भएको स्थानमा पुग्दा नाति देखिनन् । नातिलाई चितुवाले लगेको उनका साथीले बताएपछि उनी झसङ्ग भइन ।

त्यति बेला चितुवाले त्यस स्थानबाट करिब ५० मिटर पर मकैबारीमा नातिलाई पुर्‍याइसकेको थियो । नाति नदेखेपछि हजुरआमा नातिलाई खोज्दै मकैबारीतर्फ दौडन थालिन ।

त्यहाँ मकैको रुख ढलेर बाटो बनेको देखेपछि त्यतै दौडिनुभएकी हजुरआमाले आफ्नो नाति सिर्जनलाई चितुवाले गर्धन समातेको देखिन र आफूले सबै बिर्सिएर चितुवाले समातेको नातिलाई खुट्टातर्फ समातेर तान्न थालिन ।

करिब एक मिनेट जति सिर्जनलाई एकातर्फबाट चितुवाले तान्यो, अर्कोतर्फबाट हजुरआमा गोवरीले तानिन ।

हजुरआमाले नछाडेपछि सिर्जनलाई चितुवाले छाडेर हजुरआमा गोवरीमाथि आक्रमण गर्न खोज्दा आफू तर्किएपछि चितुवा त्यहाँबाट भागेको सिर्जनकी हजुरआमा गोवरी थरुनीले बताइन ।

उनले भनिन्, “नातिलाई चितुवाले आक्रमण गरिरहेकै बेला मकैबारीमा भेटाएँ, मेरो दिमाग नै शून्य जस्तै भयो, म के गरुँ, कसो गरुँ भन्ने सोचमा गएँ, तर जे हुन्छ हुन्छ कि नाति बचाउँछु कि मलाई पनि चितुवाले मार्छ भन्ने सोचेर मैले नातिको खुट्टा समातेर तानेँ । त्यस समयमा चितुवाले नातिको घाँटी समातिरहेको थियो ।”

नातिको उपचार, हजुरआमा सम्मानित

चितुवाको मुखबाट बचाइएका नाति सिर्जन नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेजमा शल्यक्रियापछि उपचाररत छन् ।

घटना सार्वजनिक भएपछि गुलरिया नगरपालिका–५ ले गोवरीलाई सम्मान गरेको छ ।

मृत्युको मुखमा पुगेको नातिलाई मृत्युको मुखबाट बचाउने साहसिक काम गरेका कारण उनलाई पाँच हजार रुपियाँसहित सम्मान गरिएको गुलरिया नगरपालिका–५ का वडाध्यक्ष मुमबहादुर मल्लले बताए ।

Page Views: 23
संबन्धित शिर्षकहरु
हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
गृहमन्त्री गुरुङ चितवन पुगे
विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
ताजा अपडेट
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?
  • नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक
  • फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama