Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : सभापति देउवा

- shuvadmin / सोमबार, चैत २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र पुनर्स्थापना चाहँदैन भन्ने स्पष्ट पारेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतले राजसंस्था फर्काउने प्रयास गरिरहेको भन्ने हल्ला भ्रामक र तथ्यविहीन भएको बताए ।

गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भारतले विगतमा पनि नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग गरेको स्मरण गर्दै भने, ‘चन्द्रशेखरजीको योगदान नभएको भए सायद हामी आज गणतन्त्रसम्म आइपुग्न सक्दैनथ्यौं ।’

देउवाले पछिल्ला दिनमा नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको संलग्नता रहेको भन्ने हल्ला फैलिएको उल्लेख गर्दै त्यसको खण्डन गरे।

सभापति देउवाले नेपालमा गणतन्त्र स्थापनाको यात्रा छोटो भएपनि यसको जग मजबुत बनाउन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

Page Views: 52
संबन्धित शिर्षकहरु
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
ताजा अपडेट
  • नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
  • बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
  • पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
  • कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama