Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वैदेशिक रोजगार व्यवसायी संघमा २ समूह चुनाबी मैदानमा

- shuvadmin / बिहिबार, चैत २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि २ बटा छुट्टा छुट्टै समूह बनाएर चुनावि मैदानमा होमीएका छन् ।

दुवै प्यानल प्रचारप्रसारको अन्तिम चरणमा पुगेका छन् । उनीहरुले काठमाण्डौंका विभिन्न स्थानमा शक्ति प्रदर्शन सहित चुनावी सभाहरु निरन्तर गरीरहेका छन् ।

दुवै समूहले बुधबार आफ्नो अन्तिम चुनावीसभा आयोजना गरेका छन् । बुधबार नरेश गेलाल समूहले बसुन्धरा व्याङक्वेटमा र गुरुङ समूहले यति व्याङक्वेट बसुन्धरामा अन्तिम चुनावीसभा आयोजना गरेका छन ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्णयविरुद्ध उभिएको फरकधार र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा गेलाल समूहलेमूहले शनिबार देखि निरन्तर चुनावीसभा र भेटघाट कार्यक्रमलाई तिव्रता दिंर्द आएको छ ।

उनीहरुको मंगलबार ललितपुर र धुम्बाराहीमा क्षेत्रीय चुनावीसभा र बुधबार चुनावी अन्तिमसभा सहित वसुन्धरा काठमाण्डौंमा सांगीतिक प्रस्तुति सहित कार्यक्रम गरेर मत मागेका थिए ।

संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पुर्‍याउने गेलाल समुहको प्रतिवध्दता छ ।

गेलालले आफ्नोे प्यानलको कार्यसमितिले आगामी २ वर्षे अवधिमा संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता वर्षौंदेखि थाँती रहेका समस्या समाधान गरेरै छाड्ने भन्दै कुनै दुविधा नराखी प्यानललाई आफ्नो मत प्रदान गर्न आग्रह गरे ।

संघलाई राजनीतिक खिताचानीबाट मुक्त समस्या समाधान मुखी बनाउने र व्यवसायीको रोजीरोटी खोस्न जुनसुकै आवरण आउने सिन्डिकेटका विरोधमा आमरण अनशन तहको कठोर कदम चाल्ने प्रतिबद्धता जनाए ।

उता, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा उम्मेदवारी दिएका संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ प्यानलका उम्मेदवारले घरदैलो गरेर प्यानललाई मत मागिरहेका छन् ।

गुरुङ म्यानेजमेन्ट प्रा।लि।का संचालक तथा अध्यक्षका उम्मेदवार गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए ।

गुरुङले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेकोे बताए ।

२१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ ।

चुनावमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन् ।

लेखनाथ सिकारू

Page Views: 55
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama