Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘संस्कृति जोगाउनु भनेको राष्ट्रको आत्मा जोगाउनु हो’ : राष्ट्रपति पौडेल

- shuvadmin / बुधबार, असार ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको बताए ।

राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मानबाट वरिष्ठ गायक दिप श्रेष्ठ, रंगमञ्च विधातर्फ वरिष्ठ रंगकर्मी हरिबहादुर थापा, सङ्गीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तान, नाट्य विघातर्फ वरिष्ठ नाट्यकर्मी वेद कुमारी न्यौपाने, नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल, लोकसङ्गीत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ कुशेश्वर राईलाई र वाद्यवादन विधातर्फ वरिष्ठ वाद्यवादक राजु अग्रवाललाई सम्मान गरे ।

उनले नेपालजस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको बताए ।

राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रबर्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे ।

उनले हाम्रो कला, संस्कृति, संगीत र नाट्यको संरक्षण, प्रबर्धन गरी विश्वव्यापीकरणतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै नेपाली मौलिक भाका, राग र अभिनय शैलीले संसारकै ध्यान तान्न सक्ने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले भने– ‘‘यसतर्फ सरकार मात्र होइन विश्वभर छरिएका नेपालीहरूको म ध्यानाकृष्ट गर्न चाहन्छु ।

म चाहन्छु, भविष्यमा नेपाली सङ्गीत र नाटक विश्वभरि बजून्, प्रदर्शन होउन् र नेपाल साङ्गीतिक तथा नाट्य रूपमा विश्व चिन्तनको एउटा केन्द्र बनोस् ।’’

राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक परिवर्तनसँगै कलाप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन भएर नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठान जस्ता विभिन्न विधागत प्रज्ञाप्रतिष्ठान स्थापना हुन सम्भव भएको बताए ।

उनले समय र समाज गतिशील भएजस्तै समय र समाजको ढुकढुकी प्रतिविम्बित हुने गीतसङ्गीत, कला र संस्कृतिले हाम्रो पहिचानलाई जीवन्त राख्ने बताए ।

उनले भने–‘‘साँच्चिकै भन्नुपर्दा कला र संस्कृति जोगाउनु भनेको राष्ट्रको आत्मा जोगाउनु हो ।

हाम्रो मौलिक कला र सृजना नेपाल र नेपालीलाई विश्वभर चिनाउने एउटा सशक्त माध्यम भएकाले यसको विकास एवम् प्रतिभाको सम्मानमा राज्यले कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाई लाग्दछ ।’

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मानबाट वरिष्ठ गायक दिप श्रेष्ठ, रंगमञ्च विधातर्फ वरिष्ठ रंगकर्मी हरिबहादुर थापा, सङ्गीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तान, नाट्य विघातर्फ वरिष्ठ नाट्यकर्मी वेदकुमारी न्यौपाने, नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल, लोकसङ्गीत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ कुशेश्वर राईलाई र वाद्यवादन विधातर्फ वरिष्ठ वाद्यवादक राजु अग्रवाललाई सम्मान गरे ।

Page Views: 39
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama