Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

१२ हजार बढी नेपालीको ज्यान लिएको कोभिडले फेरि झस्कायो

- shuvadmin / बिहिबार, असार १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्युबाट शुरू भएको नेपालमा कोभिडको मृत्युको शृंखलाले विगत पाँच वर्षको अन्तरालमा १२ हजारभन्दा बढी नेपालीको ज्यान लिइसकेको छ ।

अहिले २५ महिनापछि कोभिडबाट एक ३९ वर्षीया महिलाको ज्यान गएपछि महामारीले फेरि झस्काएको छ ।

गत मंगलवार विराटनगरको नोबेल अस्पतालमा ती महिलाको मृत्यु भएको पुष्टि भएपछि पुनः सतर्कता आवश्यक भएको विज्ञहरूले बताएका छन् ।

२०७६ माघ ९ गते वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा पहिलो संक्रमण देखिएको थियो ।

त्यसपछि लकडाउन, बजार बन्द, शिक्षालय बन्द हुँदै देश पूर्ण रूपमा ठप्प भएको भयावह समय नेपाली जनताले भोगेका थिए ।

नेपालमा कोभिड १९ बाट पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको २०७७ साल जेठ १४ गते मृत्यु पुष्टि भयो ।

उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएपछि डिस्चार्ज भई घर फर्केकी थिइन् ।

केही दिनपछि जटिल बिरामी भई उनलाई बाह्रबिसेका विभिन्न अस्पताल हुँदै धुलिखेल अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा धुलिखेल अस्पतालमा मृत्यु भयो । परीक्षणमा कोभिड पुष्टि भएपछि यो नेपालकै पहिलो कोभिड मृत्यु पुष्टि गरियो ती सुत्केरी आमाको ।

नेपाली सेनाले सुरक्षात्मक मापदण्डमा शव अन्त्येष्टि ग¥यो तर त्यो अन्त्य थिएन, त्यो त सुरुवातमात्र थियो ।

भारतबाट आएको डेल्टा भेरियन्टले देशमा अक्सिजनको हाहाकार, अस्पतालमा बेडको अभाव र स्वास्थ्य प्रणालीको धज्जी उडायो ।

हजारौँले आँखा अगाडि आफन्त गुमाए । अस्पताल पुगे पनि बेड थिएन, अक्सिजन थिएन । सरकारले युद्धस्तरमा अस्पताल थप्ने प्रयास गरे पनि प्रभावकारी भएन ।

अर्कोतिर जनता आफ्नै प्रयासमा बाँच्ने संघर्षमा थिए । त्यो भयावह काललाई बिर्सिन मिल्दैन ।

२०७८ सालको वैशाखदेखि नेपालमा दोस्रो लहर शुरू भयो । भारतबाट आएको सो डेल्टा भेरियन्टले संक्रमण र मृत्युको दर अत्यन्तै बढायो ।

हजारौं मानिसले उपचार नपाएर ज्यान गुमाए । सुरक्षात्मक सामग्री, अक्सिजन सिलिन्डर र औषधिका लागि भारत, चीन, अमेरिकालगायत देशबाट सहायता ल्याइयो ।

तर, अब फेरि त्यही खतरा सतहमा छ । विराटनगरको नोबेल अस्पतालमा एक महिलाको मृत्यु भएपछि सो घटनाले गम्भीर सन्देश दिएको छ– ‘कोभिड सकिएको छैन, हामीमात्रै लापरबाह भयौँ ।’

परीक्षण नगर्ने प्रवृत्ति, खोपको प्रभाव घट्दै जानु, सतर्कता हराउनु र अरू रोगसँग मिलेर कोभिडले फेरि जटिलता ल्याउने खतरा बढेको स्वास्थ्यविद्हरूले बताउन थालेका छन् ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हाल देखिएको कोभिड संक्रमण ओमिक्रोन भेरियन्टको नयाँ संस्करण हो । ‘कोभिड अहिले पनि जोखिममुक्त छैन ।

विशेषतः वृद्ध, दीर्घरोगी वा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूमा अझै पनि जोखिम रहन्छ’ –डा. पुनले भने ।

कोभिडले उच्च परू लिइरहेकै अवस्थामा त्यतिखेर सरकारले फ्रन्टलाइन स्वास्थ्यकर्मी र सञ्चारकर्मीबाट खोप अभियान शुरू ग¥यो ।

भारतबाट कोभिसिल्ड, चीनबाट सिनोफार्म, अमेरिका÷विश्व स्वास्थ्य संगठनबाट फाइजर र मोडेर्ना खोप प्राप्त भयो ।

पछि सबै उमेर समूहका आम नागरिकलाई खोप दिइयो । २०७८ भदौदेखि संक्रमणदर घट्न थाल्यो र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्कियो ।

तेस्रो लहरमा ओमिक्रोन भेरियन्ट २०७८ को अन्त्यतिर र २०७९ को सुरुवातमा देखा प¥यो । यसको संक्रमणदर उच्च भए पनि लक्षण सामान्य देखिएको थियो ।

यस लहरमा अस्पतालहरूको चाप कम देखियो, मुख्यतः खोप प्रभाव र पूर्वसंक्रमणले प्रतिरोधात्मक क्षमता बनायो ।

यो अवधिमा नेपालमा कोभिडबाट थुप्रै विशिष्ट व्यक्तिहरूको निधन भयो ।

मृत्यु हुनेमा मोहनराज मल्ल– सुदूरपश्चिम प्रदेशका पूर्वगभर्नर, उज्वल थापा– विवेकशील साझा पार्टीका संस्थापक, दिनेशचन्द्र यादव– संविधानसभा सदस्य, इन्जिनियर अली अख्तर मिकरानी– प्रधानमन्त्रीका सल्लाहकारलगायत रहेका थिए ।

२०८२ साल असार १० गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ३९ वर्षीया महिलाको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

उनलाई उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएपछि परीक्षणमा कोभिड पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का कारण नेपालमा कुल १२ हजार ३१ जनाको मृत्यु भएको थियो ।

१० लाख नेपालीमा कोभिड पुष्टि भएको थियो । मृत्यु हुनेमा झण्डै ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेका थिए ।

तर, संक्रमित संख्या महिला पुरुषको दाँजोमा कम थिए र मृत्यु धेरै भएको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख गरिएको छ ।

तेस्रो लहरको कोभिड संक्रमणका बेला सरकारले उपकरण, औषधि, अक्सिजन समयमा उपलब्ध गराउन नसकेका कारण पनि धेरैको ज्यान गयो ।

यतिमात्र नभई औषधि खरिदमा भएको नेताहरूको मनोमानी मृत्युको अर्को कारण भएको टीकाटिप्पणी रहेको थियो ।

यसले सरकारका जिम्मेवार निकायमा रहेका उच्च पदस्त व्यक्तिहरूसमेत अख्तियारको नजरमा परेका थिए ।

नेपालमा कोभिड–१९ को संक्रमणको सुरुवातदेखि हालसम्म, सरकारले धेरै अनुभवहरू हासिल गरेको छ ।

स्वास्थ्य संरचना सुधार, आकस्मिक प्रतिक्रिया क्षमता र जनचेतनामा प्रगति भएको छ । यद्यपि, नयाँ भेरियन्ट देखा पर्न सक्ने सम्भावना र जोखिम अझै बाँकी छन् ।

स्वास्थ्य विज्ञहरू भन्छन्– ‘कोभिड गइसकेको छैन, केवल व्यवस्थापन योग्य बनेको हो । सतर्कता कहिल्यै बिर्सनु हुँदैन ।’

Page Views: 35
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama