Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौंका नदीहरूमा पानीको सतह सतर्कता तह नजिक, सतर्क रहन विभागको आग्रह

- shuvadmin / शुक्रबार, असार १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं जिल्लाभित्र बहने प्रमुख नदीहरू बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागले बिहीबार राति ११: ५५ बजे जारी गरेको विवरणअनुसार यी नदीहरूको बहाव सतर्कता तह नजिक पुगेको जनाउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागले एक सूचना जारी गर्दै नदीहरूमा पानीको सतह अझै बढ्ने सम्भावना रहेकाले विशेष गरी नदी किनार आसपासका क्षेत्र र बस्तीमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।

साथै, विष्णुमती नदी किनार भएर यात्रा गर्ने यात्रुहरूले विशेष सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

मनसुनी वर्षाको कारणले देशका विभिन्न भागमा नदी र खोलाहरूमा बहाव बढ्दो क्रममा रहेका बेला काठमाडौं उपत्यकाभित्र पनि जोखिम बढ्न थालेको देखिएको हो।

विभागले आकस्मिक बाढी वा डुबानको सम्भावनालाई ध्यानमा राख्दै समयमै सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

Page Views: 67
संबन्धित शिर्षकहरु
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama