Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कर्मचारीको विरोधका बाबजुद प्रतिनिधिसभाबाट पारित भयो संघीय निजामती सेवा विधेयक

- shuvadmin / सोमबार, असार १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासन हाँक्ने मूल कानूनका रुपमा रहेको संघीय निजामती सेवा विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो प्रस्तावमाथिको छलफलमा मन्त्री गुप्ताले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै त्यसपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

विधेयकमा कतिपय प्रावधानहरु विवादास्पद प्रकृतिका छन् । २ वर्षको कुलिङ पिरियडलाई यथावत् राख्दै विधेयक पारित भएको छ ।

उच्च प्रशासकहरुले कर्मचारीलाई मात्रै विभेद गर्ने गरी ल्याइएको सो प्रावधान अन्यायपूर्ण भएको भन्दै विरोध गर्दै आइरहेका थिए ।

कुलिङ पिरियडको विरुद्ध सर्वोच्च अदालतमा उजुरी पर्न सक्ने कर्मचारी वृत्तभित्र चर्चा छ ।

संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पास भएर आएको जस्ताको त्यस्तै पारित भएकाले अब कुनै पनि निजामती सेवाका कर्मचारी अवकाशपछि २ वर्षसम्म अर्को पदमा नियुक्त भएर जान सक्ने छैनन् ।

अधिकांश कर्मचारीहरुले विधेयकमा कर्मचारीको वृत्ति विकासका विषयमा स्पष्ट व्यवस्था गर्न नसकेको भन्दै विरोध गर्दै आइरहेका थिए ।

विधेयकमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी प्रावधान पनि विवादित देखिएको छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शुरुका १० वर्षसम्म केन्द्रकै राखिने र १० वर्षपछि प्रदेशको कर्मचारी राखिने व्यवस्था छ ।

यस्तै प्रदेशको सचिवको हकमा पनि यस्तै व्यवस्था गरिएको छ ।

पारित भएको विधेयकअनुसार अब निजामती सेवामा तहगत प्रणाली हुनेछ । १५ वटा तह कायम गरिएको छ ।

सबैभन्दा माथिल्लो तहको मुख्य सचिव पद १५औँ तहको मानिनेछ । १५औं तहमा संसद्को महासचिव, सर्वोच्चको मुख्य रजिस्ट्रार र मुख्यसचिव रहनेछन् ।

सचिवलाई १४औं तहमा राखिएको छ । अब राष्ट्रिय सभाबाट पारित भएपछि मात्रै यो विधेयक अघि बढ्नेछ ।

मुख्यसचिव र सचिवको पदावधि घट्यो

पारित भएको विधेयकमा नेपाल सरकारको मुख्यसचिवको पदावधि ३ वर्षबाट घटाएर २ वर्षमा झारिएको छ ।

त्यस्तै सचिवको पदावधि ५ वर्षबाट घटाएर ४ वर्ष कायम गरिएको छ । त्यसभन्दा मुनिको पदमा पदावधिको हदका कारण कुनै पनि कर्मचारी अवकाश हुने छैन ।

निजामती सेवामा पुनः अतिरिक्त सचिवको व्यवस्था गरिएको छ । यसैगरी उमेर हद ५८ वर्षबाट ६० पु¥याइएको छ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama