Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन भण्डारणगृह निर्माण

- shuvadmin / शुक्रबार, असार २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धनगृह (डिपो) निर्माण भएको छ ।

तीन महिनालाई इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुसार पहिलो चरणमा नेपाल आयल निगमले सो डिपो निर्माण गरेको हो ।

निगमले ५५ वर्षपछि आफ्नै लगानी र सिपको प्रयोग गरी डिपो निर्माण गरेको हो ।

भ्याटबाहेक ७५ करोड रुपियाँको लागतमा तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा ट्याङ्कीसहित भौतिक पूर्वाधार निर्माण गरिएको निगमले जनाएको छ ।

उडान सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक मापदण्ड अनुसारको नियन्त्रण कक्ष, कार्यालय, अग्नि शमन प्रणालीलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

आगलागी भएको खण्डमा स्वचालित उपकरणबाट पानीको फोहोरा हालेर निभाउने प्रविधि यसमा जडान गरिएको छ ।

पोखरा विमानस्थल हवाई इन्धन डिपो परियोजना प्रमुख प्रदीपकुमार यादवले निगमको इतिहासमा पहिलो पटक स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र ठेकेदारको सहयोगमा यो डिपो तयार भएको जानकारी दिए ।

यसको विस्तृत परियोजना प्रतिवेदन पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा भाडामा लिएर विमानस्थलको दक्षिणी क्षेत्रको ३२ हजार ९१५ वर्गमिटर क्षेत्रफलमा यो हवाई इन्धन डिपो निर्माण भएको छ ।

इन्धन डिपो निर्माणको प्रक्रिया २०७५ सालदेखि सुरु भए पनि २०८० साउनमा मात्र औपचारिक शिलान्यास गरिएको थियो ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहायक डिन डा. सुरज लामिछानेले वैदेशिक परामर्शदाता, लगानी र विज्ञबिना शतप्रतिशत नेपाली विज्ञ र लगानीबाट निर्माण भएको जानकारी दिए ।

निगमका अनुसार साउन पहिलो सातादेखि परीक्षण तथा अन्तिम प्राविधिक प्रमाणीकरणको काम सम्पन्न गरी नयाँ इन्धन डिपो सञ्चालनमा ल्याइने छ ।

पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो भ्रमणलाई ध्यानमा राख्दै सरकार र नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र सुविधासम्पन्न विमानस्थल निर्माण र सञ्चालन गरिरहेको छ ।

यहाँबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने हवाई इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमै नौ हजार २१५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चापलाई ध्यानमा राखी यहाँ निर्माण गरिएका एक हजार दुई सय किलोलिटर क्षमताका तीन वटा ठुला भण्डारणगृहको कुल क्षमता तीन हजार छ सय किलोलिटर छ ।

ठाडा ट्याङ्कीको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर रहेको छ ।

यस्तै डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि एक हजार दुई सय किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण भएको छ ।

उक्त पानी ट्याङ्कीसँग डिपोको वरिपरि जडान गरिएको अग्नि शमन संरचना आबद्ध गरिएको छ ।

यसका अतिरिक्त प्रज्वलनशील पदार्थको थप उच्च जोखिमलाई ध्यानमा राखी चार हजार लिटर क्षमताको फोम स्टोरेज ट्याङ्कीसमेत निर्माण गरिएको छ ।

यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताका दुई वटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प, आठ इन्चको पाइप जडान गरिएको निगमले जनाएको छ ।

हाल पुरानो विमानस्थलमा रहेको डिपोबाट दैनिक दुई वटा ट्याङ्करले इन्धन आपूर्ति गर्दै आइरहेका छन्, जसबाट दैनिक २० देखि २५ किलोलिटर हवाई खपत हुने गरेको जनाइएको छ ।

Page Views: 96
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama