Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उज्वेकिस्तानसँग जितका लागि प्रधानमन्त्री ओलीले दिए शुभकामना

- shuvadmin / शनिबार, असार २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी ओलीको शुभकामना दिएका छन् ।

स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै नियमित काममा व्यस्त रहेका प्रधानमन्त्री ओलीले शनिवार प्रधानमन्त्री निवास, बालुवाटारबाट ‘भर्चुअल’ माध्यमबाट सफलताको शुभकामना दिइरहँदा खेलाडीहरू उज्वेकिस्तानबाट जोडिएका थिए ।

जितका लागि शुभकामना दिइसकेपछि प्रधानमन्त्री ओलीले खेलाडीको ध्यानाकर्षण गराउँदै हात हल्लाएर ‘हेल्लो १ साम्बा एन्ड टिम विस यु अल द बेस्ट ’ भनेपछि उताबाट टिमका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ उठेर नमस्कार गर्दै हात हल्लाएका थिए ।

अरू खेलाडीले ताली बजाएर जितको शुभकामना ग्रहण गर्दै शुभकमनाप्रति आभार व्यक्त गरेका थिए ।

भर्चुअल रूपमा नेपालबाट जोडिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबाट सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि प्रधानमन्त्रीको हौसलाबाट उत्साहित भएका थिए ।

प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेकामा हर्षित प्रधानमन्त्री ओलीले आज उज्वेकिस्तानसँग हुने फाइनल खेलमा नेपालले जित्ने विश्वास व्यक्त गरे ।

“देशको गौरव बढाउन तपाईंहरूले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु । नेपाली महिला फुटबलको ४० वर्षे सङ्घर्षपूर्ण इतिहासमा अर्को स्वर्णिम नतिजा प्राप्त हुने छ ।

तपाईंहरूमा जितको मनोबल देखिएको छ । तपाईंहरूले जित्नैपर्छ । हामी जित्ने छौँ । यसलाई हामीले टर्निङ पोइन्टका रूपमा लिने छौँ ।” खेलाडीलाई उत्साहित पार्दै प्रधानमन्त्री ओलीले भने, “म तपाईंहरूको खेलसँगै हुने छु । खेल क्षेत्रको विकासका लागि सरकारका तर्फबाट गरिनुपर्ने काम हुने छ ।”

हालै सम्पन्न आफ्नो स्पेन भ्रमणका बेला रियल म्याड्रिडको रङ्गशालाको अवलोकन गरेको र मुलुकमा पनि त्यस्तै रङ्गशाला निर्माण कसरी सकिन्छ भन्ने सोचिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कम स्रोत, साधनबिच देशको खेलक्षेत्र सुदृढ हुँदै गएको बताए ।

उनले खेल क्षेत्र खर्च हुने क्षेत्रका रूपमा नभई आम्दानी गराउने क्षेत्रका रूपमा पनि लिइनुपर्नेमा जोड दिए ।

एन्फाका अध्यक्ष नेम्वाङले जितको शुभकामनाका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सरकारले गर्ने पूर्वाधार विकासको प्रयासमा आफूहरूको साथ रहने विश्वास दिलाए ।

उनले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा रियल म्याड्रिडको रङ्गशाला अवलोकनमा पर्नु नेपाली खेल क्षेत्रको विकासप्रति प्रधानमन्त्रीको प्रतिविम्बित भएको र त्यसबाट आफूहरूलाई प्रोत्सहन मिलेको बताए ।

रासस

Page Views: 92
संबन्धित शिर्षकहरु
अशक्त माइलीलाई घरमै नागरिकता
भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama