Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एकै दिन २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा ,अक्सिजन प्लान्ट खरिदमा १ करोड बढी भ्रष्टाचार

- shuvadmin / सोमबार, असार २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरस्थित थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिदमा १ करोडभन्दा बढी अनियमितता भएको भन्दै तात्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले यस प्रकरणमा संलग्न ठहर गर्दै थाहा नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, इन्जिनियर सन्तोष बोहरा, सहायक सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका तात्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. तथा त्यसका अध्यक्ष सोबित प्रसाईंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा अक्सिजन प्लान्ट खरिदका क्रममा आपसी मिलेमतोमा बढी मूल्य राखी कम गुणस्तरको सामग्री किनिएको पाइएको हो ।

प्रदेश सरकारबाट ५५ लाख र संघीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड रुपियाँ गरी जम्मा १ करोड ५५ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

तर, खरिद मूल्याङ्कन समितिले तोकिएको ‘डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी’ को सट्टा बदनियतपूर्वक ‘रेफ्रिजरेटेड एयर ड्रायर टेक्नोलोजी’ प्रस्ताव गर्ने फर्मलाई छनोट गरेको पाइएको छ ।

बोलपत्र दिने ८ मध्ये २ कम्पनीले मात्रै तोकिएको प्रविधि प्रस्ताव गरे पनि ती उपेक्षा गरी फरक प्रविधिको, कम गुणस्तरको र मूल्यमा फरक पर्ने सामग्री प्रस्ताव गर्ने सुभारम्भ सर्भिस ट्रेडर्स प्रा।लि। लाई छनोट गरिएको आयोगको दाबी छ ।

सार्वजनिक खरिद ऐन र नियमको उल्लंघन गर्दै १ करोड १० लाख १ हजार १ सय ९९ रुपियाँ ७५ पैसाको बोलपत्र सम्झौता गरिनुका साथै १२ लाख रुपियाँ अग्रिम भुक्तानीसमेत दिइएको उल्लेख छ ।

आयोगले यो कार्यलाई भ्रष्टाचारजन्य गतिविधिको रूपमा ठहर गरेको हो ।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूसँग १ करोड १० लाख १ हजार १ सय ९९ रुपियाँ ७५ पैसाको बिगो कायम गरिएको छ ।

यसैबीच डोल्पाको मुड्केचुला गाउँपालिका–७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पर्खाल निर्माणमा करिब ३० लाख रुपियाँ बराबरको भ्रष्टाचार भएको भन्दै अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित विद्यालय र पालिकाका पदाधिकारी सहित १४ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दर्ता गरिएको मुद्दामा संलग्न भनिएका प्रतिवादीमा अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका अध्यक्षको श्रीमती तथा शिक्षिका (दर्शन एन्ड दिग्दर्शन निर्माण सेवा सञ्चालक) तथा अन्य सम्बद्ध अधिकारी रहेका छन् ।

आयोगको अनुसन्धानअनुसार विद्यालयको पर्खाल निर्माणको ठेक्का सार्वजनिक खरिद ऐनविपरीत गाउँपालिकाका अध्यक्षको श्रीमतीको नाममा रहेको कम्पनीलाई दिइएको थियो ।

आयोगले यो कार्यमा आपसी मिलेमतो, नक्कली सर्त, मूल्यांकनमा बदनियत र सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको ठहर गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

Page Views: 65
संबन्धित शिर्षकहरु
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama