Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माङ्सेबुङ इलामलाई अध्यक्ष कप उपाधि

- shuvadmin / शनिबार, पुष २८, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ओखलढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय अन्तर स्थानीय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ ।

फाइनलमा मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै माङ्सेबुङले उपाधि जितेको हो ।

जीतसँगै माङ्सेबुङले नगद पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको रनिङ शिल्ड साथै पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफानलिष्ट सिद्धिचरण नगरपालिका ओखलढुङ्गा र लालिगुराँस नगरपालिका तेह्रथुमलाई एक–एक लाख रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिएको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।

कृषि पर्यटन र युवाहरुमा रोजगारी साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रुम्दालीको भनाइ छ ।

प्रतियोगितामा कोशी प्रदेशका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानीय तहको सहभागिता रहेको आर्थिक संयोजक रामकुमार राईले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बू र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको राईले बताए ।

विजेतालाई कोशी प्रदेश खेलकुद समितिका सदस्य सचिव हंशराज वाग्ले, संविधानसभा सदस्य पूर्व सांसद यज्ञराज सनुवार, राष्ट्रिय गानका सर्जक ब्याकुल माइला ( प्रदीपकुमार राई)  लगायतले पुरस्कार वितरण गरेका थिए ।

Page Views: 55
संबन्धित शिर्षकहरु
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama