Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे

- शुभ बिहानी / आइतबार, असार २८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एसीसी वुमेन्स यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकाल्दै सिंगापुरलाई १५१ रनले हराएकाे छ । आज मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपाली यू-१९ महिला क्रिकेट टोलीले सिंगापुरमाथि १५१ रनको फराकिलो जित दर्ता गरेको हो।

नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ४८ रनमा समेटिएकाे थियाे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाई १९९ रनको विशाल योगफल तयार पारेको थियो ।

नेपालका ओपनरद्वय सना प्रविण ९८ र सावित्री धामी ७४ रन बनाएर अविजित रहँदा २०० रनको कठिन लक्ष्य पछ्याएको सिंगापुर सुरुआतदेखि नै नेपाली बलरहरूको कडा बलिङसामु निरिह बनेकाे थियाे । सिङ्गापुरका लागि अङ्किता वर्षा राजले सर्वाधिक १९ रन र ध्वनि प्रकाशले ८ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । सिङ्गापुरका ३ जना ब्याटर शून्य रनमै आउट भएका थिए ।

नेपालका लागि बलर अनु कडायतले आफ्नो स्पेलको ४ ओभरमा मात्र ४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन्, जसमा २० वटा डट बल समावेश थिए । त्यस्तै, मनीषा उपाध्याय र रिया शर्माले २–२ विकेट लिंदा सोनी पाख्रिनको नाममा १ विकेट रहेकाे थियाे ।

नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले हराएको थियो भने अब समुह डीमा नेपालले मंगलबार हङकङसँग खेल्ने खेल तालिका रहेकाे छ ।

Page Views: 45
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
जाजरकोटमा भूकम्पकाे धक्का
ताजा अपडेट
  • जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का
  • विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन माग
  • ब्रोड पिकमा निधन भएका तीन नेपालीको शव ल्याइँदै
  • अण्डाको माग बढेसँगै मूल्य पनि बढ्याे
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama