Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ : महामन्त्री शर्मा

- shuvadmin / शनिबार, असार २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको शब्द फेरबदल गम्भीर त्रुटि भएको र त्यसमा सबै सांसद अंशियार रहेको बताएका छन्।

यसैले अब त्यस्तो गल्ती नहोस् भनेर आफूले केही दिनअघि मात्र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसद्‌को कार्यसूचीबाट हटाउन लगाएको उनले उल्लेख गरेका छन्।

‘निजामती विधेयकको ‘कुलिङ पिरियड’ सन्दर्भमा भएको शब्द फेरबदल गम्भीर त्रुटि हो।

हामी सबै त्यसका अंशियार छौँ-मात्रात्मक रूपमा कमबेसी होला। यसमा सर्वदलीय छानबिन समिति पनि बनेको छ’, रासससँग अन्तर्वार्तामा शनिबार सांसद शर्माले भनेका छन्, ‘तर विधेयकको सन्दर्भमा कम छलफल हुन्छ भन्ने होइन।

राज्य व्यवस्था समितिमा निजामती विधेयक पनि लामो समय छलफल भएको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक पनि सोही समितिले लामो छलफलपछि संसद्‌मा पठाएको हो।

कहिलेकाहीँ हतारिएर विधेयक पारित गराउने प्रयास हुन्छ, त्यस्तो रोक्न हामी लागेका छौँ।

केही दिनअघि संसद्‌मा प्रस्तुत गर्ने तयारीसहित कार्यसूचीमा राखिएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा सहमति जुटाएर मात्र अगाडि बढाउनुपर्ने भन्दै कार्यसूचीबाट हटाउन मैले नै पहल गरेको थिएँ।’

राज्य व्यवस्था तथा सुशसान समितिबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा राखिएको कुलिङ अफ पिरियडुसम्बन्धी व्यवस्थामा प्रतिनिधिसभाबाट पास गरिँदा ‘बाहेक’ शब्द थपिएको पाइएको हो।

जसले कुलिङ अफ पिरियडुलाई निष्क्रिय बनाएको छ। जसले गर्दा सांसदहरूले विधेयक नपढी पास गर्दा रहेछन् भन्ने आलोचना भइरहेको छ।

उक्त त्रुटि कसरी भयो भन्ने विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। जसले बुधबार मात्र आफ्नो कार्यविधिलाई अन्तिम रूप दिएको छ।

Page Views: 68
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama