Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राप्रपामा बढ्दो विवाद, इतर समूह निर्वाचन आयोग जाँदै

- shuvadmin / आइतबार, असार २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चुलिँदै गएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णय र मनोमानी व्यवहारको विरोध गर्दै इतर समूह आज आइतबार बिहान ११ बजे निर्वाचन आयोग जाने तयारीमा छ।

शनिबार महामन्त्री धवलशम्शेर राणाको सचिवालयमा बसेको भेलाले लिङ्देनको पछिल्लो कारबाहीहरूलाई विधानविपरीत ठहर गर्दै आयोगमा उजुरी दिने निर्णय गरेको हो।

केही दिनअघि अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई बर्खास्त गर्नुका साथै अनुशासन समिति संयोजक नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थिए।

पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्रीहरू विक्रम पाण्डे, हरिबहादुर बस्नेत, तथा पार्टीका अन्य वरिष्ठ नेताहरूको समेत भेलामा उपस्थिति रहेको थियो।

उनीहरूले लिङ्देन नेतृत्वको एकल निर्णयले पार्टी विधि र लोकतान्त्रिक प्रक्रिया उल्लंघन गरेको आरोप लगाएका छन्।

Page Views: 76
संबन्धित शिर्षकहरु
आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द
सुनसरी घटनाकाे कारण विराटनगरका अधिकांश शैक्षिक सस्था बन्द
ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
ताजा अपडेट
  • आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द
  • सुनसरी घटनाकाे कारण विराटनगरका अधिकांश शैक्षिक सस्था बन्द
  • ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
  • तीन प्रदेशकाे केही स्थानमा भारी वर्षाको सम्भावना
  • सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना पूरा
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama