Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमाले सचिवालय बैठक बिहीबार बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल र जिम्मेवारीको एजेण्डा

- shuvadmin / बुधबार, साउन ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार दिउँसो बस्दै छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा बैठक बस्न लागेको हो ।

त्यसबाहेक पार्टीका अन्य जरुरी विषय पनि एजेन्डा बन्न सक्ने उनले बताए ।

पार्टी केन्द्रीय कार्यालयस्रोतले जनाएअनुसार बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुने भएको छ ।

७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र विभिन्न मत आएका सन्दर्भमा त्यसलाई बिहीबारको सचिवालय बैठकले हल गर्ने भएको हो ।

बिहीबारकै बैठकले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने भएको छ ।

ती बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन मस्यौदा, राजनीतिक र सांगठानिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

अन्य प्रतिवेदन तयार नभएको र विधानमा उमेर र कार्यकालको विषय के गर्ने भन्ने विषयमा मात्रै बिहीबार छलफल हुने स्रोतले जनायो ।

पार्टी र जनसंगठनमा जिम्मेवारी दिने विषय पनि बिहीबारको बैठकको एजेन्डा रहेको छ ।

गत माघ महिनादेखि सम्पन्न हुँदै आएका विभिन्न जनसंगठनका महाधिवेशनपछि जिम्मेवारीमुक्त भएका र विभिन्न कारणले पार्टीबाहिर रही पार्टी काममा फर्किएका कार्यकर्तालाई जिम्मेवारी दिने गरी बैठकमा एजेन्डा प्रस्तुत हुने केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सचिवालय बैठकबाट जिम्मेवारी दिने कि त्योभन्दा माथिल्लो तहको बैठकमा प्रस्ताव लैजाने भन्नेबारे अहिलेसम्म कुनै टुंगो नलागेको कार्यालय स्रोतले बतायो ।

Page Views: 73
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama