Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आयल निगमको सिनामङ्गल डिपो सार्न डीपीआर तयार

- shuvadmin / शुक्रबार, साउन १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल आयल निगमले सिनामङ्गलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो नयाँ स्थानमा स्थानान्तरण गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन बिहीबार निगमलाई हस्तान्तरण गरियो ।

हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख तथा आयोजना प्रमुख ई.प्रदीप यादवले प्रतिवेदन अनुसार छ अर्ब ५४ करोड २९ लाख पाँच हजार ५७ रुपियाँमा नयाँ डिपो निर्माण हुने जानकारी दिए ।

तोकिएको समयमा डीपीआर तयार भएकाले निर्माण पनि निर्धारित समयमा सक्ने गरी कार्य अगाडि बढाइने उनले बताए ।

हाल डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नेपाल नागरिक उड्यन प्राधिकरणले साइट क्लियरेन्सको काम गरिरहेको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप निर्माण हुने डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार एक सय किलोलिटर क्षमताका दुई वटा पानी ट्याङ्की र पूर्ण स्वचालित फायर फाइटिङ सिस्टम जडान हुने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो सुरक्षाका दृष्टिले उच्च जोखिममा देखिएपछि २०८१ साउन २८ को मन्त्रीपरिषद्को बैठकले डिपो सार्ने निर्णय गरेको थियो ।

सोही अनुसार डिपो गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सार्न प्रक्रिया अगाडि बढेको हवाई इन्धन डिपो कार्यालय सिनामङ्गले जनाएको छ ।

निगमले बनाउन लागेको उक्त डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्की रहने छन् । साथै भविष्यमा भण्डारण क्षमता बढाउनसमेत खाली स्थान रहने छ ।

चालू आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरी भदौमा निर्माणका लागि बोलपत्र आह्वान गरी दुई महिनाभित्र मूल्याङ्कन सकिने योजना रहेको कार्यालयले जनाएको छ ।

मूल्याङ्कन सकेर छ महिनाभित्र निर्माण रु गरी २०८४ मङ्सिरभित्र निर्माण सकेर डिपो सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख यादवले जानकारी दिए ।

। नयाँ डिपो पूर्ण रूपमा सुरक्षित, प्रविधियुक्त र दीर्घकालीन समाधान हुने किसिमले निर्माण उनले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन डा. सुरज लामिछानेले नेपाली प्राविधिक जनशक्तिले नै डीपीआर तयार गरिएको जानकारी दिए ।

विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्स्टिच्युट’ एपीआई मापदण्ड अनुसारको डिपो निर्माण हुने छ ।

Page Views: 63
संबन्धित शिर्षकहरु
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
पशुपति क्षेत्रमा सरसफाइ गरियाे
ताजा अपडेट
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama